मधेशीको माग सम्बोधन नगरे ठूलो दुर्घटना हुनेः भारतीय नेता सिंह

मधेशीको माग सम्बोधन नगरे ठूलो दुर्घटना हुनेः भारतीय नेता सिंह
Bwtech New Add With Software & Bull SMS

सिकटा, २७ पुस । राष्ट्रिय जनता दलका केन्द्रीय सह–अध्यक्ष एवं भारत सरकारको पृुर्वमन्त्री डा. रघुवंश प्रसाद सिंहले नेपालका प्रमुख दलहरुले मधेसीहरुको माग अबिलम्ब सम्बोधन नगरे देशले ठूलो दुर्घटना व्यवहोर्नुपर्ने अवस्था सिर्जना आउने बताएका छन् ।
नेपाल–भारत मैत्री गठबन्धनद्वारा बिहारको पश्चिमी चम्पारण स्थित सिकटामा मधेस आन्दोलनबारे जागरण सभालाई सोमवार सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । नेपालमा बसोबास गर्दैआएका मधेशी समुदायले राखेको माग जायज एवम् न्यायपूर्ण भएको प्रष्ट पार्दै उनले भने ‘नेपालका प्रमुख दलहरुले मधेसीहरुको माग अबिलम्ब सम्बोधन नगरे देशले ठूलो दुर्घटना व्यवहोर्नुपर्ने अवस्था सिर्जना आउनसक्छ, त्यसैले राज्यपक्ष गम्मीर बन्नु जरुरी छ ।
मधेसी जनताकालागि सिमा क्षेत्रमा मात्र नभई जागरण सभालगायतका कार्यक्रम काठमाडौंमा समेत गएर गर्ने बताए । नेपाल–भारत बिच बेटी रोटीको सम्बन्ध मात्र नभई रगतको सम्बन्ध भएको भन्दै आगामी दिनहरु उक्त सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा नेता सिंहले जोड दिए । जारी मधेस आन्दोलन आफनो अधिकार, पहिचान र स्वभिमानको भएको प्रष्ट पार्दै नेपाल सरकारले मधेसको माँग अविलम्ब सम्बोधन गर्न आग्रह गर्दै सह–अध्यक्ष सिंहले भने ‘नेपालमा सदियोदेखि मधेसीहरुलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्नु र राज्यको हरेक सुख सुबिधाबाट मधेसीहरुलाई बञ्चित गरिँदै आउनुले वर्तमान परिस्थिति सृजना भएको हो ।’ नेपाल सरकार र प्रमुख दलहरुले जारी गरेको संबिधान पुर्ण रुपमा अदुरदर्शी भएको र मधेसीहरुले पाएको अधिकार समेत कटौती गर्नु दुर्भाग्यपुर्ण भएको उनले टिप्पणी गरे । 12
जागरण सभामा संघिय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत, पुर्वमन्त्री करिमा वेगम, सदभावना पार्टीका केन्द्रीय सह–महामन्त्री सुरेन्द्र कुर्मी, तराई मधेस राष्ट्रिय अभियानका केन्द्रीय सदस्य सिपु तिवारी, संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेल, युवा गठबन्धनका नेताहरु ओमप्रकास सर्राफ, अनिल गुप्ता, धन्नजीव मिश्रा, फोरम नेपालका केन्द्रीय सदस्य बिरेन्द्र यादव, पर्सा जिल्ला प्रवक्ता सल्लाहुदिन अहम्द, सदभावना पार्टी पर्साका अध्यक्ष ईम्दाद गद्दी सुगा, फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य बिजय महासेठ, भारतीय राजनितीक दलका नेताहरु मुन्ना त्यागी, ईन्द्रजित, फैयाज अहमद कलाम, राजेश पटेल, सल्लाहुदिन साहेवलगायतकाले सम्बोधन गरेका छन् । राष्ट्रिय जनता दलका नेता एवम् समाजसेवी मदन पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रम सदभावना पार्टी पर्साका सचिव राजेश साहले सहजीकरण गरेका थिए । 14

8

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *