• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मधेशकी छोरी श्रीतीलाई ‘बेस्ट एक्ट्रेस टेली अवार्ड’

मधेशकी छोरी श्रीतीलाई ‘बेस्ट एक्ट्रेस टेली अवार्ड’

‘कुमकुम भाग्य’मा प्रज्ञा पात्रको उत्कृष्ट अभिनय
श्यामसुन्दर यादव
राजविराज, १४ मंसिर । हिन्दी टेलिसिरियलको नाम लिनुपर्दा गृहीणी महिलाका साथै आम युवा–युवतीका बीच सबभन्दा पहिला कुमकुम भाग्यको नाम आउँछ । भारतीय टिभी च्यानल जी टिभीबाट सोमवारदेखि शुक्रवारसम्म राती नेपाली समय ९ बजेबाट प्रशारण हुँदैआएको ‘कुमकुम भाग्य’मा औधी मन पराइएका पात्र हुन् प्रज्ञा । sriti
प्रेम सम्बन्धि रोचक कथावस्तु समावेश गरिएको चर्चित उक्त सिरियलकी मुख्य पात्र प्रज्ञाको वास्तविक नाम श्रीती झा हुन् । नेपाल तथा भारतका टेलिभिजन दर्शकहरुको धडकन बन्न सफल भएकी श्रीती सप्तरीकै छोरी हुन् भन्ने कुरा धेरैलाई पत्यार नलाग्ला तर वास्तविकता यही हो । उनी हुन् सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्वर–१ निवासी हाल काठमाण्डौ मित्रपार्क निवासी मिथिलेश कुमार झा एवम् रीता झाकी सुपुत्री ।
भारतमा अध्ययनकै क्रममा अवसर पाउँदै टेलिसिरियलहरुमा चम्किएकी श्रीती दुई दिन अघिमात्र ‘बेस्ट एक्ट्रेस टेली अवार्ड’बाट सम्मानित भएकी छिन् । kb600x400-2bff6eea1cbbd12उनले उक्त टेलिसिरियलमा ‘प्रज्ञा’को उत्कृष्ट भूमिका निभाएका कारण मैथिली भाषी श्रीतीलाई अति महत्वपूर्ण मानिएको उक्त अवार्ड प्रदान गरिएको हो ।
फस्ट फ्लाइटका संस्थापक निर्देशक समेत रहेका बुवाको कार्यक्षेत्र काठमाण्डौ रहेका कारण श्रीती काठमाण्डौ स्थित मोडर्न इण्डियन स्कूल चौभारबाट माध्यमिक शिक्षा प्राप्त गरेकी हुन् । सानैदेखि नाचगान र अभिनयमा विशेष रुची राख्दैआएकी उनले दिल्ली युनिभर्सिटीबाट ग्रेजुएसन गरेकी छिन् । kumkum600x-964e3d978e2b248
अध्ययनकै क्रममा प्रथम वर्षमै ड्रामा सोसाइटीको सचिवमा चुनिइन् भने दोस्रो वर्षमा अध्यक्षमै निर्वाचित भएको उनका बुवा मिथिलेशले ‘न्यूज टुडे’सँग कुराकानीका क्रममा जानकारी दिए ।  kumkum3182-8fee035ffbbee57मुम्बईमा अध्ययनरत रहेकै अवस्थामा तिखारिएको अभिनयकै कारण विभिन्न टेलिसिरियलहरुमा अवसर पाएको जानकारी दिँदै उनले भने ‘श्रीतीले आफ्नै विलक्षण प्रतिभाबाट आज हिन्दी टेलिसिरियलहरुमा उत्कृष्ट अर्वार्डसम्म हात पारेकी छिन, यो सफलतामा आम दर्शकसाथै शुभेच्छु, शुभचिन्तक सबैको आशिर्वाद छ ।
२८ वर्षिया श्रीतीले ‘धुम मचालो धुम’मा मालिनी शर्मा, ‘जिया जले’मा सुनैना, ‘ज्योती’मा सुधा÷देवीका, ‘सौर्या और सुहानी’, मीठी छुरी नम्वर–१, ‘रक्तसम्बन्ध’मा सन्ध्या÷बृन्दा, सौभाग्यवती भवः, ‘बालिका बधु’मा गङ्गा र हाल ‘कुमकुम भाग्य’मा प्रज्ञाको भूमिका निभाउँदै आएकी छिन् । मिथिला संस्कारमा हुर्किएकी उनी बङ्गाली भाषीसँग विवाह गरेकी छिन् ।

श्रीतीकी दिदी मिनाक्षी झा समेत केही वर्षअघिसम्म भारतको चर्चित न्यूज च्यानल ‘आजतक’मा काम गर्दैआएकी थिइन् । उनी हाल विभिन्न सञ्चारमाध्यममा आवद्ध छिन् । यस्तै श्रीतीका दाजु पाइलट हुन् । kumkum600x-3c59156d52a1a0eउनका परिवारका सम्पूर्ण सदस्यहरु प्रतिष्ठित पदहरुमा कार्यरत छन् । श्रीतीका बुवा मिथिलेशको सामाजिक क्षेत्रमा समेत उत्तिकै योगदान रहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्थाका साथै मैथिली साहित्य परिषद् राजविराजका आजिवन सदस्य समेत हुन् ।