–स्वतन्त्र विकास
आजु राष्ट्रमा कस्तो कालो दिन–रात भएछ
कालोलाई पनि यो सुनेर कस्तो लाज भएछ
राष्ट्रको दुरगति गर्नेको चाँडो कतिको जमात बनेछ
सार्वजनिक रुपमा देश विकासको बलत्कार हुँदैछ
मात्र आफ्नो स्वामित्वको भविष्य निर्माण गर्नेले
राष्ट्र र राष्ट्रियताको नाम जपदैछ
खण्ड–खण्ड देश मनचाही ६ र ७ गर्नेले
अखण्डताको नाम नेपालीको रगत चुस्दैछ
हेर्दा त राष्ट्र हाम्रो अब अनेक नाममा,
आफ्नै दाजु–भाईले गर्दा नयाँ बगदाद भएछ,
आजु राष्ट्रमा कस्तो कालो दिन–रात भएछ,
कालोलाई पनि यो सुनि क्या साह्रो लाज भएछ
कला र साहित्यमा पनि विरोधाभाषको शब्दवान चलेछ
राष्ट्रवादी भन्ने जतिले, भाई–भाई फुटाउने खेल रचदैछ,
मधेश अपमानित गर्ने होडमा किन नेपाली नै पर्दैछ
मधेशी संज्ञा दिनेले आफूलाई मात्र किन नेपाली ठान्दछ ।
नेपाल विकासको कल्पना आन्दोलन दमन गर्दा देख्नेले,
हेर, मधेशी अझ नोपलमै आफ्नो पहिचान खोज्दैछ ।
सक्दैनौ देश चलाउन मलाई देउ चलाउन भनेहरुले
मौका पाए देख्नेछ, कतिको अपार शक्ति मधेशले बोक्दछ ।
मधेश दमन, अब शक्ति बन्दैछ अनेक नाममा
आफ्नै घरेलु द्वन्द्वले, सायद नयाँ राष्ट्र मधेश ल्याउँदैछ
आज राष्ट्रमा हाम्रो कस्तो कालो दिन–रात भएछ
कालोलाई पनि यो सुनि क्या साह्रो लाज भएछ
कालोलाई पनि यो अमावस्याको रात लागेछ ।
यो चन्द्र ग्रहणको रात लागेछ ।