न्यूज टुडे
राजविराज,०८ असार ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य एवं कान्तिपुर राष्ट्रिय दैनिकका सम्वाददाता विद्यानन्द रामलाई सामाजिक संजालमा गरिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आपत्ति जनाएको छ । ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चाैधरीले सामाजिक सञ्जालमा पत्रकार रामलाई लक्षित गरी गरिएको अपशब्दप्रति
महासंघले सोमबार एक प्रेस विज्ञप्तिजारी गर्दै आपत्ति जनाएको हो ।
महासंघका कार्यबाहक सचिव डम्बर राईद्वारा जारी विज्ञप्तिमा पत्रकार रामले अनलाइन संस्करण ईकान्तिपुरमा लेखेकाे ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनको साढे ७ वर्षसम्म बनेन डीपीआर’ शिर्षककाे खाेजी समाचारप्रति अध्यक्ष डा. पशुपति चाैधरीले सामाजिक सञ्जालमा पत्रकारलक्षित लेखेकाे प्रतिक्रियाप्रति नेपाल पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘समाचारकाे विषयवस्तु हेर्दा कान्तिपुरकर्मी रामले प्रतिष्ठान अध्यक्ष चाैधरीकाे भनाइ समावेश गर्न खाेजेकाे भएपनि उनले सूचना दिन नमानेको हाम्राे जानकारीमा आएकाे छ’ विज्ञप्तिमा भनिएको छ,’समाचारकाे विषयवस्तु जनचाहना बमोजिम रहेकाे र तथ्यगत हुँदा पनि सम्बन्धित पक्ष(प्रतिष्ठान)लाई चित नबुझेकाे अवस्थामा आफ्ना तर्क-प्रमाणसहित खण्डनकालागि सम्बन्धित मिडिया हाउसमा आग्रह गर्नुपर्ने, प्रेस काउन्सिलमा निवेदन दिनुपर्ने जस्ता विद्धमान कानूनी ब्यवस्था हुँदाहुँदै पत्रकारलाई मनगढन्तढंगले तथानाम फेसबुकमा जथाभावी लेखिनु स्वयं पदयी मर्यादाकाे समेत ख्याल नगरिएकाे देखिन्छ।’
प्रतिष्ठान अध्यक्ष चाैधरीले आफ्नो फेसबुक प्राेफाईलमा ईकान्तिपुरकाे उक्त समाचार शेयर गर्दै लेखिएकाे तथानाम आराेपलाई प्रमाणसहित प्रमाणित गर्न पत्रकार महासंघले आग्रह गरेका छन् ।पत्रकार रामप्रति गरिएको तुच्छ शब्द अविलम्ब फिर्ता गर्न आग्रह गर्दै महासंघले पत्रकारमाथी लगाएको आरोप पुष्टि गर्न डा. चौधरीलाई चुनौती समेत दिएको छ ।
डा.’अध्यक्ष चाैधरीले लेखेकाे विषय प्रमाणित गर्न सक्यो भन्ने सम्बन्धित पत्रकारलाई कारबाहीकालागि सम्बन्धित निकायमा पत्राचार गर्ने प्रतिबद्धता व्यक्त गरिएको ,विप्तिमा यदि यसाे नभए सार्वजनिक रुपमा आफ्ना लेखाईप्रति क्षमायाचना गर्न भनिएको छ । प्रतिष्ठानका माथिल्लाे निकायले याे प्रकरणकाे विभागीय छानवीन गर्न सम्बन्धित पक्षहरुसित पत्रकार महासंघ सप्तरीले जाेडदार माग समेत गरेको छ ।
यसैगरी प्रेम मञ्च नेपाल सप्तरीका अध्यक्ष धर्मपाल राउतले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार राम प्रतिको दुर्व्यवहार सहय नभएको बताएका छन्। विज्ञप्तिमा समाचार लेखेकै निहुँमा निरधार आरोप लगाएर चरित्र हत्या गर्ने डा. चौधरीलाई कारबाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराइएको छ । पत्रकारमाथि गरिएको अमानवीय टिप्पणीले प्रेस स्वतन्त्रताको उपहास गरेको भन्दै प्रेस मञ्च सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा डा. चौधरीले सार्वजनिक रुपमा माफी नमागे आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
यस्तै प्रेस जनमत संघ सप्तरीले समेत पत्रकार रामले लेखेको समाचार सामाग्री शेयर गरी सामाजिक संजालमा अपमानजनक शब्द प्रयोग गरेको घटनाको घोर निन्दा गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनमत पत्रकार संघ सप्तरीका अध्यक्ष रुपेश यादवले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रामण विना तथ्यहीन टिप्पणी गर्ने डा. चौधरीलाई आफ्नो तल्लो स्तरको अपशब्दहरु अविलम्ब सच्याउन आग्रह समेत गरेको छ ।