सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी ,वलल्भ,नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीमा पंखा जडान हुने भएको छ । विद्यालयमा शुक्रबार एक दाताले सहयोग गरेपछि विद्यार्थीको कक्षा कोठामा २० थान पंखा जडान गरिएको हो ।
आफ्ना कक्षा कोठामा पंखा जडानको तयारी गर्दै छात्रछात्रा । फोटो : न्यूज टुडे
गर्मीका कारण पठनपाठनमा समस्या भएपछि व्यवस्था समितिका सदस्य लिलम कुमारी रजक र उनका छाेरा मनाेज कुमारले विद्यालयलाई पंखा सहयोग गरेको विद्यालय जनाएको छ । विद्यालयमा वालकक्षा देखि कक्षा १० सम्मकाे कक्षाकाेठामा पंखा नभएर पठनपाठन प्रभावित समाचार आएपछि विद्यालयलयलाई २० थान पंखा सहयोग गरेका गरिएको रजकले बताइन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यनारायण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उनीहरुले प्रधानाध्यापक विपिन झालाई पंखा हस्तान्तरण गरे ।
कार्यक्रममा महिला सदस्य रजकले पंखा नहुँदा चर्को गर्मीका कारण विद्यार्थीको पठन पाठनमा समस्या भएको भन्दै सहयोग गरेको उनले वताइन । प्रधानाध्यापक झाले पंखा सहयोगले विद्यालयका लागि ठूलो गुण भएको बताए ।
पंखा प्राप्त भएपछि विद्यालयको पठन पाठनमा सहजता आउनुका साथै विद्यार्थीहरुलाई गर्मीमा निकै राहत मिल्ने शिक्षक विनाेद झाले बताए ।
कार्यक्रममा विद्यालयले पंखा सहयाेग गर्ने महिला सदस्य लिलम कुमारी रजक,उनका छाेरा मनाेज रजक , विद्यार्थीको समस्या उजागर गरि ध्यानाकर्षण गराउने पत्रकार रामनाथ यादव र प्रकाश कुमारलाई अविर र गम्छाले सम्मान गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य रामप्रसाद मंडल,पूर्व शिक्षक मदन देव,शिक्षक विनाेद झा, लेखापाल नित्यानन प्रसाद सिंह, संताेष सिंह , भरत विश्वकर्मा, अभिभावक जाेगेन्द्र यादव,कार्यालय सहयाेगी राजदेव मंडल,शाेभा मंडल,भुषन सिंह,शिक्षक,कर्मचारी ,विद्यार्थी , अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
गत जेठ २१ गते’अत्यधिक गर्मीले मावि वभनगामाकट्टीका छात्रछात्रा प्रताडित : कक्षाकोठामै अचेत”न्यूज टुडे अनलाइन र पत्रीकामा प्रकाशित समाचारकाे प्रभावले विद्यालयलाई २० थान पंखा सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।
अत्यधिक गर्मीले पाँच जना छात्रछात्राहरु अचेत भएपछि कक्षा ८ की कंचन कुमारी मंडलकाे उपचार धरानकाे घाेपा पुर्याइएको थियो । विद्यार्थीहरूकाे बढी चाप र अत्यधिक गर्मीले गर्दा पाँच जना विद्यार्थी अचेत भएकाे थियो ।