• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

माध्यमिक विद्यालय वभनगामाकट्टीमा वृक्षारोपण 

माध्यमिक विद्यालय वभनगामाकट्टीमा वृक्षारोपण 
रामनाथ यादव
राजविराज , २२ जेठ 
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित  लक्ष्मी,वलल्भ , नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीसहितका विभिन्न विद्यालयमा शुक्रबार बृक्षरोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा विभिन्न विद्यालय प्राङ्गणमा बृक्षरोपण गरिएको हो । 
स्थानीय लिलम कुमारी रजकको सहयोगमा मावि वभनगामाकट्टी र राष्ट्रिय हरिहर हरिनारायण प्राथमिक विद्यालय सडेपारमा  वृक्षाराेपण गरिएको छ । 
 विद्यालय व्यवस्थापन समितिका महिला सदस्य रजकले पर्यावरण जाेगाउन तथा साैन्दर्यका लागि  विद्यालयमा आँपका  बिरुवा र फलफूलका विरुवा राेपेका बताइन् ।
 विद्यालयमा पर्यावरण जाेगाउनका व्यवस्थापन समितिका सदस्य रजकले आफू व्यक्तिगत विद्यालयमा विभिन्न प्रजातिका विरुवाहरु र फलफूलहरु सहयाेग गरेको बताइन् । आँप २ ओटा अमरपाली २, लिलम २, मालदह २, कलकतिया २, कठहर १, लिची १, कागती नेम्वाे १ र फूलकाे विरुवा २ गरि जम्मा १५ वटा बिरुवाहरु मावि वभनगामाकट्टीमा राेपेका छन् । भने त्यस्तै राष्ट्रिय प्राथमिक विद्यालय सडेपारमा विभिन्न प्रजातिका बिरुवा तथा फलफूल राेपेर सहयाेग गरेको बताइन्  
उक्त बृक्षरोपाण कार्यक्रममा मावि वभनगामाकट्टीका प्रधानाध्यापक विपिन झा,लेखापाल नित्यानन्द प्रसाद सिंह , शिक्षक ,कर्मचारी ,अभिभावक लगायतकाे सहभागीता रहेको थियो ।  राष्ट्रिय प्राथमिक विद्यालय सडेपारका प्रधानाध्यापक अरुण कुमार यादव,वडा सदस्य रामनारायण साह,शिक्षक,कर्मचारी ,अभिभावक ,  विद्यार्थी लगायतकाे उपस्थितिमा वृक्षारोपण गरेको व्यवस्थापन समितिका सदस्य रजकले जानकारी दिइन् । 
 प्रधानाध्यापक अरुण यादवले विद्यालयकाे खाली रहेको जग्गामा बिरुवा तथा फलफूलका बिरुवा राेपेकाे जानकारी दिए । वृक्षारोपणले विद्यालयको सुन्दरता बढ्नुका साथै वातावरण समेत सफा स्वच्छ हुने आफुले विश्वास लिएको महिला सदस्य रजकले बताइन ।
वृक्षारोपणले सिङ्गो विश्व वातावरण प्रदूषणको समस्याले  मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले  प्रभाव पारिरहेको एक अभिभावकले बताए।  विद्यालयमा  विरुवा फलफूलकाे संरक्षणकाे जिम्मा कार्यालय सहयाेगी राजदेव मंडल र भूषन सिंहलाई दिएको प्रधानाध्यापक यादवले बताए।
यसैगरी सबल नेपाल र तिलाठी काेइलाडी गाउँपालिकाकाे समन्वयमा जनता मावि ताेपा,कविरदास आश्रम मंसापुरमा ,राजेन्द्र देवकी मावि काेइलाडीकाे पाेखरीकाे डिलमा वृक्षारोपण तथा फलफूलकाे बिरुवा राेपेका छन । उक्त अवसरमा गाउँपालिकाका  राजेश झा , सबल नेपालका अशाेक साह लगायतकाे सहभागी रहेकाे थियो ।