• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सोमबार राजधानी स्थित बीर अस्पतालमा आयोजित सरसफाई कार्यक्रममा सहभागी भएर राष्ट्रिय सरसफाई सप्ताह अभियानको शुभारम्भ गरेकी छिन् ।
प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित, वातावरणमैत्री बनाउने नयाँ सङ्कल्पका साथ सरसफाई सप्ताह सुरु गरिएको हो । सरसफाई सबैका लागि आवश्यक रहने कुरामा विमति नहोला । यही कुरालाई मनन गर्दै सरकारले प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित तथा वातावरणमैत्री बनाउने संकल्प लिएर यो अभियानको थालनी गर्नुलाई सकारात्मक रुपमा लिईनु पर्दछ । देशब्यापी रुपमा नै साताब्यापी अभियानको थालनी भएका कारण सप्तरीमा पनि यस सम्बन्धि काम हुने नै छ । स्वास्थयका लागि सरसफाई अत्यावश्यक छ । तर सप्तरीको सबै भन्दा ठूलो र पुरानो राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा फोहरको समस्या विगत देखि नै जरो गाडेर बसेको नयाँ विषय होईन । विरामी उपचारको केन्द्र अस्पताल नै फोहर तथा दुर्गन्धका कारण समस्याग्रस्त बनेपछि त्यहाँको वातावरण कसरी सुध्रिएला भनी प्रश्न उठ्नु अनौठो होईन । अस्पतालमा सरसफाईकर्मी नरहेका भने होईनन् । तर उनीहरुले आफ्नो जिम्मेवारीको काम समयमा ठीक तवरले नगरेका कारणले नै समस्या गम्भीर बन्ने गरेको बताईन्छ । अस्पताल आसपासमा ठूलो संख्यामा प्राईभेट स्वास्थ्य क्लिनिक समेत सञ्चालनमा रहेका छन् । त्यहाँ अस्पतालजन्य फोहरलाई सडकमा ल्याएर मिल्काउने परम्परा विगत दशकौं देखि काममा नै छ ।
सर्वसाधारणको मावागमन भईरहने व्यस्त सडक छेउमा ल्याएर अस्पताल र क्लिनिकमा प्रयोग गरिएका सिरिंच ब्लेड तथा अन्य फोहर ल्याएर फाल्नु अति नै जोखिमयुक्त हुने गर्दछ । सरसफाई प्रति हुने गरेको यस्तो लापरवाही रोक्न फोहर मैलाको उचित व्यवस्थापन गर्न र सरसफाईलाई एक हप्ताको अभियानका रुपमा सिमित नराखी निरन्तर रुपले जारी राख्नु पर्ने आवश्यकता छ ।