न्यूज टुडे
राजबिराज,१२ चैत ।
भाषाविद डा. सुर्यप्रसाद यादवले प्रधानमन्त्रीको चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा का) वरिष्ठ नेता बालेन्द्र साह ( बालेन) लाई मैथिली भाषामा सपथ लिन सुझाव दिएका छन् । सामाजिक संजालमा बिहिवार आफ्नो धारणा सार्वजनिक गर्दै डा. यादवले यस्तो सुझाव दिएका हुन् ।
मैथिली भाषा अभियानता समेत रहेका डा. यादवले मधेसमा रास्व्पा र बालेन्द्र साहले पाएको जनमतको कदर स्वरुप मधेसी समुदायबाट पहिलो प्रधानमन्त्री बालेन्द्र साहले मैथिली भाषामा सपथ ग्रहण गर्नुपर्नेमा जोड दिएका छन् ।
विगतका संवैधानिक प्रावधान र राजनीतिक अभ्यास हेर्दा हाम्रा पूर्व प्रधानमन्त्री ज्यूहरूले विधिवत प्रधानमन्त्रीको रूपमा नेपाली भाषामा शपथ लिंदैआइरहनु भएको छ।”
उनले उल्लेख छन्, ‘संयोगले अहिले सम्मका सबै प्रधानमन्त्री ज्यूहरू नेपाली भाषी हुनुहुन्थ्यो र संविधानमा पनि नेपालमा बोलिने भाषाहरूलाई दुई कित्तामा विभाजन गरिएको थियो, एकटा राष्ट्र भाषा र अर्को राष्ट्रिय भाषा।’
यो दृष्टिकोणबाट हेर्दा नेपाली भाषी प्रधानमन्त्रीको रूपमा नेपाली भाषामा लिएको शपथ सान्दर्भिक र कानून सम्बत छ । तर वर्तमान संविधानमा सबै भाषालाई राष्ट्र भाषाको दर्जा प्रदान गरिएकोले मधेसी समुदायबाट बान्ने पहिलो प्रधानमन्त्रीले मैथिली भाषामा सपथ लिंदा संविधानको सम्मान हुने उनले तर्क गरेका छन् ।
नेपाली भाषीले आफ्नो भाषामा शपथ गरे जस्तै अरू भाषाभाषीले पनि प्रधानमन्त्रीको शपथ आफ्नो मातृभाषामा लिनु उचित हुने उनको धारणा छ ।
‘नेपालको २००९/११ देखि २०७८ सम्मको राष्ट्रिय जनगणनाको तथ्याँक हेर्दा यो देशको नेपाली पछिको दोस्रो भाषा मैथिली हो। तसर्थ रास्वपा पार्टीका सभापतिलाई मेरो विशेष अनुरोध जसरी तपाईहरू एउटा मैथिली भाषी मधेशका छोरालाई प्रधानमन्त्रीको रूपमा अगाडी सार्नु भो त्यरी नै उहाँलाई मैथिली भाषामा शपथ गराएर यो देश सबैको साझा फूलवारी हो, भनेर संदेश दिन नचुक्नु होस’ उनले उल्लेख गरेका छन् ।
नेपालीमा नै शपथ लिने अन्तिम निर्णय भए कम्तिमा नेपाली पछि उहाँको मातृभाषा मैथिलीमा पनि शपथ गराउदा राम्रो हुने उल्लेख गर्दै डा.यादवले ‘यो कुरामा मधेशले बालेन प्रति देखाएको अपार मायाको सम्मान हुने र थप विश्वास बढ्ने उल्लेख गरेका छन् ।