• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आधारभुत तह परिक्षा सुरु :  अग्नीसाइरबाट ५ सयबढी सहभागी

आधारभुत तह परिक्षा सुरु :  अग्नीसाइरबाट ५ सयबढी सहभागी
न्यूज टुडे
राजविराज,०८ चैत ।
आइतबारबाट सुरु भएको पालिका स्तरीय कक्षा ८ को बार्षिक परीक्षा ( आधारभुत तह परिक्षा) २०८२ मा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाबाट ५ सय भन्दाबढी विद्यार्थी सहभागी भएका छन् । पालिका अन्तर्गतका १० सामुदायिक तथा २ संस्थागत विद्यालय गरि १२ विद्यालयका ५ सय १० जना छात्रछात्रा परिक्षामा सहभागी भएका हुन् । 
आइतबार देखी सुरु भएको आधारभुत तह परीक्षामा सामुदायिक विद्यालयबाट ३ सय ९० जना र संस्थागत विद्यालयबाट १ सय २० जना सहभागी भएको शिक्षा अधिकृत फिरोज कटवालले बताए  । 
चैत १६ गते सम्म संचालन हुने परिक्षालाई मर्यादित र अनुशासित बनाउन गाउँपालिकाले परिक्षा केन्द्रहरुमा अनुगमन गरिरहेको उनले बताए । 
अमर्यादित क्रियाकलाप भएको पाइएमा तथा त्यस्ता कार्यमा संलग्न विद्यार्थी तथा शिक्षकलाई कारबाहीको दायरामा ल्याइने अग्नीसाइर कृष्णासवरन गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।