• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको सुरुंगा नगरपालिका स्थित लक्ष्मीपुरकी एक बेपत्ता वालिकाको अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।
वडा नं. ३ की १४ वर्षिया ती दलित वालिकालाई एक सातादेखि बेपत्ता पारिएको भए पनि उनको पत्ता लगाई अवस्था सार्वजनिक नभएका कारण आफन्तजन आन्दोलनमै उत्रिएका छन् । आईतबार कडरबोनामा ती वालिकाका आफन्तजन सहित स्थानीयतले तीन घण्टा चक्काजाम नै गरे । सात महिनाकी गर्भवती समेत रहेको भनिएकी ती वालिकाको खोजी तथा न्यायको माग गर्दै आन्दोलन थालिएको हो । मानव अधिकारकर्मीहरुले यस घटनालाई बेपत्ता प्रकरणका रुपमा मात्र नहेरी नावालिकामाथिको यौन शोषण र सामाजिक अन्यायसित जोडिएको विषय समेत रहेको भन्दै राज्यका निकायले सम्बेदनशीलताका साथ अनुसन्धान अघि बढाउनु पर्ने बताएका छन् । नागरिकको सुरक्षा सरकारको जिम्मेवारी पनि भएका कारण यस्तो सम्बेदनशील विषयलाई पनि अनिर्णय वा अन्यौलमा राखिरहन मिल्दैन । 
बेपत्ता पारिएकी ती वालिकाको पत्ता लगाएर अवस्था सार्वजनिक गर्नाका साथै त्यसमा संलग्न जो कोही भए पनि कानूनी दायरामा ल्याएर पीडितलाई न्याय दिलाउन आवश्यक छ । यस प्रकारका आपराधिक घटना नियन्त्रण गर्ने,अपराधी पक्रने काम भयो भने जनताले पनि सुरक्षाको प्रत्याभूति पाउन सक्नेछन् । तर अपराध भएर पनि अपराधी उम्किने,पीडित पक्षले न्याय नै नपाउने अवस्था रहन्छ भने यसले सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठ्छ यदि भने त्यसलाई अन्यथा भन्न सकिन्न । पीडितहरुले राखेको माग जायज रहेका कारण त्यसको अबिलम्ब सुनुवाईको आवश्यकता छ ।