• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

महाशिवरात्री तथा २६३ औं सेना दिवसको अवसरमा बृक्षरोपण

महाशिवरात्री तथा २६३ औं सेना दिवसको अवसरमा बृक्षरोपण
न्यूज टुडे
राजविराज,०३ फागुन । 
महाशिवरात्री तथा २६३ औं सेना दिवसको अवसरमा आइतबार  नेपाली सेनाले विभिन्न स्थानमा  बृक्षरोपण गरेको छ । नेपाली सेना बरख गणद्वारा आफ्नै व्यारेक हाता तथा जिल्लाका विभिन्न स्थानमा बृक्षरोपण गरेको हो । 
महाशिवरात्री तथा २६३ औं सेना दिवस २०८२ काे शुभअवसरमा नेपाली सेना बरख गणले आफ्नै ब्यारेक हाता भित्रकाे खाली जग्गामा फलफुल लगायत विभिन्न प्रजातिका बिरुवाहरु राेपी बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे बरख गणले जनाएको छ । 
 गणकाे जिल्लामा रहेकाे जिम्मेवारी क्षेत्रकाे विभिन्न स्थानमा स्थानीयहरुसंगकाे समन्वय र
‎कारगार तथा बिमानस्थलमा  समेत बृक्षाराेपण गरको नेपाली सेनाले बताएको छ।
उक्त अवसरमा विभिन्न प्रजातिका १ हजार बिरुवा रोपिएको बरख गाण राजविराजले जानकारी गराएका छन् ।