• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तकोशीमा १६औ राष्ट्रपति  रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

सप्तकोशीमा १६औ राष्ट्रपति  रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
शिवप्रसाद आचार्य
फत्तेपुर,२९ मंसिर ।
सप्तकोसी  नगरपालिकामा १६औ राष्ट्रपति  रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरिएको छ। नगर शिक्षा युवा तथा खेलकुद शाखाले माविओद्राहाको प्राग्णमा आइतबारदेखि प्रतियोगिता आयोजना गरेको हो। 
सप्तकोसी नगरपालिका भित्र रहेका ११ सामुदायिक र १० ओटा  निजी गरि कुल २१ बिधालयका ५ सय २७ जना खेलाडी बिधार्थी सहभागी प्रतियोगिता  आगामी तीन दिनसम्म प्रतियोगिता सन्चालन रहने नगर शिक्षा युवा
 तथा खेलकुद शाखा प्रमुख जय प्राकाश चौधरीले बताए।
प्रतियोगितामा भलिबल ,कबड्डि ,सर्टपुट ,रनिङ, रिले,हाइजम्प,लङजम्प लगायतका खेल हुने शाखा प्रमुख  चौधरिले बताए।
नगर प्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षता माआयोजित प्रतियोगितामा उपमेयर, वडाअध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत,लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रमको उद्घाघाटन नगर प्रमुख ढकालले गरेका थिए भने कार्यक्रम संचालन बालबालिका शाखा प्रमुख बिष्णु माया नेपालले गरेकी थिइन् ।