• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तिलाठी काेइलाडीकाे तीन वटा वडा एकै दिन बालविवाह मुक्त वडा घाेषणा 

तिलाठी काेइलाडीकाे तीन वटा वडा एकै दिन बालविवाह मुक्त वडा घाेषणा 
रामनाथ यादव
राजविराज , २८ मंसिर 
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिकाकाे तीन वटा वडा एकै दिन बालविवाह मुक्त वडा घोषणा भएको छ । 
सरोकारवाला,निकाय,  बालबालिकाको उपस्थितिमा एक कार्यक्रमका बीच साेमबार वडा नम्बर ६ , ७ र ८  वटा वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । 
तिलाठी काेइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले एक समारोहका वीच बालविवाह मुक्त क्षेत्र उल्लेख तुल व्यानर पढेर बालविवाह मुक्त  वडा घोषणा गरे ।  कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मण्डलले छिटै बाँकी  वडालाई बालविवाह मुक्त  घाेषणा गर्ने उद्घोष गरे । 
स्थानीय सरकारले २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने गरी उक्त वडाहरुलाई  बालविवाह मुक्त घोषणा गरिएको ६ नम्बर वडा सचिव जगदीश यादवले बताए । 
अब पालिका ८ वटा वडामध्ये१,२,३,४ र ५  वडालाई छिट्टै बालविवाह मुक्त वडा घोषणाको तयारीमा जुटेको  गाउँपालिका अध्यक्ष मण्डलले बताए ।
वडा नम्बर ७ का अध्यक्ष हरि नारायण मण्डलले उमेर नपुगेकाे विवाह गर्ने विरुद्ध कडा कदम चालने वताए ।  
वडा नम्बर ७ का अध्यक्ष हरि नारायण मण्डल  र ८ का वडा अध्यक्ष सत्यनारायण यादवकाे अध्यक्षता तथा   गाउँपालिका अध्यक्ष मण्डलको प्रमुख आतिथ्यमा आयोजित  कार्यक्रममा सेभ द चिल्ड्रेनका मकर सार्की,सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव ,पंजिकरण शाखा संयाेजक शैलेन्द्र कुमार सिंह,स्वास्थ्य चाैकीका प्रमुख सुरेन्द्र कुमार साह,मावि वभनगामाकट्टीका प्रधानाध्यापक विपिन झा, आधारभूत विद्यालय मंसापुरका प्रधानाध्यापक जितेन्द्र मंडलले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा ६ का वडा सदस्य रामविलास मण्डल,सफिद मंसुरी,राम नारायण साह , सेभ द सप्तरीका सदस्य भुवनेश्वर मुखिया लगायत स्थानीय युवा,राजनीति दल, वुद्विजिवी, समाजसेवी ,कर्मचारीहरुकाे उपस्थित रहेकाे थियाे । 
रिमा चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत तिलाठी कोइलाडी गाउँपालिका ७ का वडा सचिब ब्रह्मदेव रजकले गरे। उक्त अवसरमा बालविवाह मुक्त वडा घोषणाको अतुलनीय योगदान गरेको भन्दै दर्जनौ व्यक्तित्वलाई कदर पत्र तथा प्रशंसा पत्र टीका गम्छा ओढाएर सम्मान गरिएको थियो ।