• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गजेन्द्रचौकमा रिले अनशन तेस्रो दिनपनि जारी:सरकार बेखबर

गजेन्द्रचौकमा रिले अनशन तेस्रो दिनपनि जारी:सरकार बेखबर
न्यूज टुडे
राजविराज, २८ मंसिर
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध सप्तरी सदरमुकाम राजविराजको मुटु गजेन्द्र चौकमा जारी रिले अनशन तेस्रो दिनपनि जारी रहेको छ । आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको आयोजनामा जारी रिले अनशनमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनले सहभागीता जनाएको हो । 
जेनजी पुस्ताद्वारा जारी संघर्षका कार्यक्रमलाई समर्थन गर्दै शुक्रबारदेखि विभिन्न नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा  व्यापारी व्यवसायीले सुरु गरेको रिले अनशनको तेस्रो दिन  महेन्द्रविन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका विद्यार्थीले सहभागीता जनाएको संघर्ष समितिका संयोजक मोहन यादवले बताए ।
“सुन सरकार सप्तरीबासी सब क आवाज”।नाराका साथ  आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरी उल्लेख व्यानरसहित जेनजी पुस्ताका युवाहरूको साथमा स्वावियू सभापति रन्जित कुमार यादवको नेतृत्व विहान १० बजेदेखि विद्यार्थी,जनप्रतिनिधिहरु, व्यवसायीहरुले  रिले अनशनमा सहभागीता जनाएको संयोजक यादवले बताए । 
राजविराज स्थित रहेको  करदाता सेवा कार्यालयलाई अन्तरिक राजस्व कार्यालयमा स्तर वृद्धि गरी स्थापना गर्नुपर्ने माग राखी जेनजी अगुवाहरुले सुरु गरेको आन्दोलनलाई समर्थन जनाउँदै अनशनमा बसेको मविव क्याम्पसका सभापति यादवले बताए ।  उनले  करदाता सेवा कार्यालय सार्ने सरकारको निर्णय  राष्ट्रघाती जनविरोधी र संघीयताको मर्म विपरीत रहेको टिप्पणी गर्दै निर्णय सच्याउन माग गरे। 
यसलाई कतै गाभ्ने वा खारेज गर्ने षड्यन्त्र भए स्वीकार्य नहुने बताउँदै सहभागी विद्यार्थीहरुले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्ने  चेतावनी दिए । 
संघर्ष समितिद्वारा घोषित  ७ रिले अनशनमा सहभागी भइ समर्थन तथा सद्भाव जनाएकोमा धन्यवाद व्यक्त गर्दै संघर्ष समितिका संयोजक यादवले आन्दोलनलाई थप सशक्त बनाउन जिल्लाका नागरिक समाज, पत्रकार, जनप्रतिनिधि विभिन्न राजनीतिक दल, संघसंस्था,सरकारी कर्मचारी तथा आम सप्तरीबासीलाई आव्हान गरे ।
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालय रुपान्तरण गर्न माग गर्दै ४५ दिनदेखि चरणबद्ध आन्दोलन जारी रहँदा समेत सरकार भने बेखबर जस्तै देखिएको छ । आन्दोलनका विभिन्न माध्यमबाट सरकारको निरन्तर ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको सप्तरीका नागरिक अगुवाहरुको गुनासो छ । 
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः राकरदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो । 
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ । 
कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् । 
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गरिने भएपछि राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग राखी सप्तरीका उधोगी व्यवसायी, नागरिक समाज, जनप्रतिनिधि, पत्रकार, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता चरणब्म्बद्व आन्दोलनका उत्रिएका छन् ।