उत्तम आचार्य
कञ्चनरूप , २७ मंसिर ।
सप्तरीको कञ्चरुप नगपालिका १२ मा संचालित राजु गौतम स्मृति तेस्रो विद्यालय स्तरीय टि-२० क्रीकेट प्रतियोगिताको उपाधि सर्बोदय मावि कंचनपुरले हात पारेको छ । सुन्दरी खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा बालबोध सेकेण्डरी स्कुल कन्चनरुप ८ लाई २८ रनले पराजित गर्दै सर्बोदय माविले उपाधि कब्जा गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सर्बोदयले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । सर्बोदयका राजन गुर्मैताले ३१ बलमा ५० रन र आनन्द यादवले ५१ बलमा ५१ रन बनाएका थिए । बालबोधका अफताब शेखले २ विकेट , चन्दन पंजियारले २ विकेट र मनिस पासवान ले १ विकेट लिएका थिए ।
बालबोधले १८.५ओभरमा अल आउट हुँदै १ सय २६ रन बनाउन सक्यो ।बालबोधका एम डि अबिनाश यादवले ३२ बलमा ४० रन बनाएका थिए ।
सर्बोदयका हर्ष गुप्ताले ३ विकेट , अनिस गोसाइले ३ विकेट , मौसम यादवले २ विकेट , सतिस मण्डलले १ ,घनश्याम पासवानले १ विकेट लिएका थिए ।
बालबोधका मनिष पासवान वेस्ट वलर , सर्बोदयका राजन गुर्मैता वेस्ट ब्याटस मेन ,चिल्ड्रेन मोडलका एम डि रमतुल्ला वेस्ट फिल्डर , सर्बोदयका राजन गुर्मैता म्यान अफ दि म्याछ , सर्बोदयका सतिस मण्डल म्यान अफ दि सिरिज , फेयर प्लेयर एवार्ड पिस एन्जल घोषित भए ।
उनिहरुलाइ नगद , कप , मेडल पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
बिजेता र उप बिजेता टिमका खेलाडीहरुलाइ नेपाल खेलकुद बिकास समितिका दिनेश भुजेलले पुरस्कार स्वरुप मेडल , कप र प्रमाणपत्र प्रदान गरेका थिए ।
स्केश नेपालले म्यान अफ दि सिरिज हुनेलाइई१५ सय , वेस्ट ब्याटस म्यानलाइ १५ सय , वेस्ट बलरलाइ १५ सय , वेस्ट फिल्डरलाइ १ हजार र म्यान अफ दि म्याच हुनेलाइ ५ सय नगद पुरस्कार प्रदान गरेका थिए भने कृष्णा बिधुत हार्डवेयरले म्यान अफ दि सिरिज हुनेलाइ ५ हजार १ सय नगद पुरस्कार प्रदान गरेका थिए ।
रोयल क्लबका अध्यक्ष अभिषेक गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।