शनिबार बिहान ८ बजेको समयमा घरदेखि १ किलोमिटर उत्तरमा रहेको चहाने खोरहिया जंगलमा दुम्सी समाउन गएकाे अवस्थामा रेग्मी ढिस्कोमा पुरिएका थिए । दुमसि समाउन गएकोमा अचानक खाल्डोमा परी माटोको डिस्कोले पुरेको थियो ।
रेग्मीलाई भित्रमा बोलाउदा बोलि रहेको भनि प्रहरीलाई जानकारी प्राप्त हुनसाथ नेपाल तथा सशस्त्र प्रहरीको टोली पुगी रेग्मीको उद्वार गरेको हो ।
उद्वार गरिएका रेग्मीको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भएको तथा अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।