• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सदावहार वचत तथा ॠण सहकारी संस्थाको ११ औ साधारणसभा सम्पन्न

सदावहार वचत तथा ॠण सहकारी संस्थाको ११ औ साधारणसभा सम्पन्न
न्यूज टुडे
राजविराज, २७ मंसिर । 
श्री सदावहार बचत तथा ॠण सहकारी संस्था लिमिटेड अग्नीसाइर कृष्णासवरन गापा २ सप्तरीको ११ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शैलेन्द्र कुमार झाको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरीको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहको वीच साधारणसभा सम्पन्न भएको हो । 
साधारणसभाको बन्दसत्रमा सहभागी शेयरधनीहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष चौधरी, स्वावलम्वन वित्तीय संस्थाका रामदेव चौधरी, जिल्ला सहकारी बैंक सप्तरीका प्रमुख संजय महतो, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कृषि शाखा प्रमुख चन्द्ररेखा चौधरी, पत्रकार बृजमान तामाङ लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
उक्त अवसरमा संस्थाका व्यवस्थापक टीका बल्ल्भ पराजुलीले आर्थिक बर्ष २०८१/ २०८२ को ९४ लाख,९३ हजार १ सय ३८ रुपैयाको आयव्ययसहितको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरे । पराजुलीद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाले बार्षिक ११ लाख ५ हजार १ सय ६० रुपैयाँ नाफा कमाएको उल्लेख छ । 
अधिबेशनले आव २०८२/०८३ को बजेट नीति तथा कार्यक्रम तथा व्यवस्थापक पराजुलीद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन सर्वसम्मतले पारित गरेको संस्थाका अध्यक्ष झाले जानकारी दिए । 
व्यवस्थापक पराजुलीद्वारा संचालित कार्यक्रममा स्वागत संचालक  समितिका सदस्य हरि चौधरीले गरेका थिए ।