न्यूज टुडे
राजविराज, २७ मंसिर ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ का एक ७१ बर्षिय बृद्ध ७ महिनादेखि वेपत्ता हुँदा परिवारजन चिन्तित भएका छन् । स्थानीय डल्ले सार्की (श्रीमान कोइराल) २०८२ बैशाख ३० गतेदेखि बेपत्ता भएका हुन् ।
सात महिनादेखि बेपत्ता सार्की सम्पर्कविहीन भएपछि खोजी कार्यमा सहयोग गरिदिन परिवाजनले आग्रह गरेका छन् ।
सातमहिना अगाडि घरबाट घाँस बोकेर महुली गएको श्रीमान घरफर्केर नआएको बेपत्ता सार्कीकी ७० बार्षीय श्रीमती मनमाया नेपालीले बताइन् । श्रीमान हराएको दिनदेखि भोक निन्द्रा हराएको उनले दुखेसो पोखिन ।
२०८२ बैशाख मशान्तको दिन संग-संगै वनबाट दाउरा घाँस गरेर घर फर्कियौ’ जंगलझार गरेर परिवार हातमुख जोड्ने गर्थियौ” मनमायाले भनिन्,’ सधैघाँस दाउरा बेच्न महुली जानुहुने श्रीमान् साँझपख रासनपानी बोकेर आउनु हुन्थ्यो’ तर त्यो दिन रातीसम्म बाटो हेर्दा फर्कनु भएन, गहभरी आँसु चुहाउदै उनले थपिन् :- घाँस दाउरा गरेर दुधदही, माछा मासुसहित मिठो मनिसो खाने व्यवस्था गर्ने जीवन्को सहारा श्रीमान् हराएपछि मर्नु न बाँच्नु भएको छु ।’
उनले श्रीमानको खोजी कार्यमा सहयोग गरिदिन हुन आग्रह गरेकी छन् ।
बुवा सम्पर्कमा नआउँदा सम्पूर्ण परिवार नै चिन्तामा डुवेको छोरी विन्दा नेपालीले बताइन् । आफन्त, प्रहरी, मिडिया सबै ठाउँबाट खोजतलास गर्दा समेत बुवा कसैको सम्पर्कमा नभएको जानकारी दिइन् । उनले बुवाको खोजतलासमा सहयोगका लागि प्रहरी, संचारकर्मीसहित सबैलाई आग्रह गरिन ।
बैशाख ३० गते घरबाट बेपत्ता भएका सार्कीको १ भाइ छोरा र ५ बहिनी छोरी छन् । बुवा नेपत्ता भएपछि उनीहरु चिन्तामा डुवेका छन् ।