• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको कञ्चनरूपमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु 

सप्तरीको कञ्चनरूपमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु 
उत्तम आचार्य 
कञ्चनरूप, २६ मंसिर ।
 पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ८ बेरियर चोक स्थित चार्जिङ स्टेशन अगाडी शुक्रवार यात्रु बाहक बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा तत्काल नाम थर वर नखुलेको अन्दाजी  बर्ष ४८ को  पुरुष व्यक्तिलाई ठक्कर दिएको हो । 
 काँकडभिट्टाबाट हटौडा तर्फ आउँदै गरेको प्र१-०१-००१ ख ४१०६ नं. को यात्रुबाहक बसले बिपरित दिशाबाट जादै गरेको साईकलयात्रीलाई  ठक्कर दिदा गम्भीर घाइते भएका पुरुषको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
शरिरको बिभिन्न भागमा चोट लागि स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाईएको थियो । 
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा मृतकको पहिचान गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख  प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।