• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दोश्रो वडाध्यक्ष फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा मोहनपुर विजयी

दोश्रो वडाध्यक्ष फुटबल प्रतियोगिता सुरु : उद्घाटन खेलमा मोहनपुर विजयी
न्यूज टुडे
राजविराज, २६ मंसिर । 
अग्नीसाईर युवा क्लब सितापुर कलौनीद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ इटहर्वा सितापुरमा संचालित दोश्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । अग्नीसाइर कृष्णासारन गाउँपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । 
आयोजक समितिका अध्यक्ष राम कुमार चौधरीको अध्यक्षतामा आयोजित फुटबल प्रतियोगिता वडाध्य्क्ष पशुपति प्रसाद चौधरीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरि उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा राजजी युवा क्लव हरकट्टी मोहनपुर विजयी भएको छ । युनिटी एफसी विरेन्द्र बजारलाई ०-२ गोलान्तरले पछाडि पार्दै मोहनपुर विजयी भएको थियो । 
खेलको पहिलो हापको सातौं मिनेटमा मोहनपुरका जर्सी नम्बर ८ का रघु चौधरीले १ गोल गर्दै टिमलाई अगाडि बढाए  । यसैगरी खेलको दोश्रो हापको १ ९औ मिनेटमा जर्सी नम्बर १३ का पृतम चौधरीले गोल थप्दै टिमलाई ०-२ गोलले अग्रस्थानमा राखे । 
निर्धारित समय अवधीमा युनिटी एफसी विरेन्द्र बजारले कुनै पनि गोल फर्काउन नसकेपछि मोहनपुर विजयी भएको आयोजकले जनाएको छ । 
प्रतियोगिता उद्घाटन समारोहमा वडा नम्बर ३ का वडाध्यक्ष गोपाल प्रसाद चौधरी, ६ का अध्यक्ष अशोक आचार्य, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, जिल्ला फुटबल संघका सिताराम चौधरी, कार्यपालिका सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका स्थानीय बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति थियो ।
।कार्यक्रम संचालन चर्चित उद्घोषक प्रविण कुमार चौधरीले गरेका थिए ।।
प्रतियोगितामा युनिटी एफसी विरेन्द्र बजार, राजजी युवा क्लब हरकट्टी मोहनपुर, आयोजक अग्नीसाइर युवा क्लब सितापुर कलौनी,  सामुदायिक युवा क्लब मुसहरनिया,नेपाल पुलिस क्लब राजविराज,कठौना युवा क्लब कठौना,कुशहा एफसी कुशहा र महुली एफसी महुली गरि ८ वटा टिम सहभागी रहेको छ । 
प्रतियोगिताका विजेता टिमलाई नगद २५ हजार पाँच सय र उपविजेता टिमलाई १५ हजार पाँच सय नगद पुरस्कारसहित  शिल्ड, कप, प्रमाणपत्र, मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।