• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै रिले अनशन

आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै रिले अनशन
न्यूज टुडे
राजविराज, २६ मंसिर 
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध सप्तरीका जनप्रतिनिधिहरु रिले अनशनमा बसेका छन्। जेनजी पुस्ताद्वारा जारी संघर्षका कार्यक्रमलाई समर्थन गर्दै राजविराजमा स्थित गजेन्द्र चौकमा शुक्रबार विभिन्न नगरपालिका गाउँपालिका प्रमुख उपप्रमुख तथा प्रतिनिधिहरु रिले अनशनमा बसेका हुन् ।
आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको आयोजनामा जिल्ला समन्वय समितिका प्रमुखसहित १८ वटै स्थानीय तहका जनप्रतिनिधिहरु, सप्तरी उधोग वाणिज्य संघका अध्यक्षसहित उधोगी व्यवसायीहरु रिले अनशनमा सहभागी रहेको संघर्ष समितिका संयोजक मोहन यादवले बताए ।
“सुन सरकार सप्तरीबासी सब क आवाज”  आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरी उल्लेख व्यानरसहित जेनजी पुस्ताका युवाहरूको साथमा विहान १० बजेदेखि जनप्रतिनिधिहरु, व्यवसायीहरु रिले अनशनमा बसेका छन् ।
राजविराज स्थित रहेको  करदाता सेवा कार्यालयलाई अन्तरिक राजस्व कार्यालयमा स्तर वृद्धि गरी स्थापना गर्नुपर्ने १ सुत्रीय माग राखी अनशनमा बसेको जिल्ला समन्वय समन्वय समितिका प्रमुख शिव नारायण साहले बताए ।   अनशनमा बसेका जनप्रतिनिधिले करदाता सेवा कार्यालय सार्ने सरकारको निर्णय  संघीयता र सप्तरीबसी विरोधी रहेको भन्दै आक्रोश पोखे । 
यसलाई कतै गाभ्ने वा खारेज गर्ने षड्यन्त्र भए स्वीकार्य नहुने बताउँदै उनीहरूले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्ने  चेतावनी दिए । 
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः राकरदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो । 
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ । 
कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् । 
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गरिने भएपछि सप्तरीका उधोगी व्यवसायी, नागरिक समाज, जनप्रतिनिधि, पत्रकार, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता चरणब्म्बद्व आन्दोलनका उत्रिएका छन् ।