• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘विचारसहित विकल्पले मात्र सुशासन र समृद्धिको यात्रा पुरा हुन्छ’   :  महतो

‘विचारसहित विकल्पले मात्र सुशासन र समृद्धिको यात्रा पुरा हुन्छ’   :  महतो
न्यूज टुडे 
राजविराज,२६ मंसिर । 
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले  विचारसहित विकल्पले मात्र सुशासन र समृद्धिको यात्रा पूरा गर्न सकिने बताएका छन्  ।राष्ट्रिय मुक्ती पार्टी नेपाल जिल्ला कार्यसमिति सप्तरीद्वारा  राजविराजमा शुक्रबार  आयाेजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै महतोले काँग्रेस, कम्युनिस्टको विचारले देश असफल भइसकेकोले बहुपहिचानसहितको विचार लिएर काँग्रेस, एमाले, माओवादीको विकल्पको रुपमा पार्टी स्थापना गरि अगाडि बढेको बताए ।
उनले मधेसी-आदिवासी जनजाति-दलित- मुश्लिम-महिलासहित उत्पीडित जाति, मधेस-पहाड- हिमालका पछाडि पारिएको समुदायलाई जोड्दै अधिकार अधिकार सुनिश्चितताको अभियान पार्टीको रहेको उल्लेख गरे । 
‘ जेनजी विद्रोहको एजेन्डा स्थापित गर्न बिचार सहितकाे बिकल्प राष्ट्रिय मुक्ती पार्टी मात्र एक बिकल्प रहेकाे उनले जिकिर गरे। 
अध्यक्ष महतोले संविधान घोषणा प्रक्रियादेखि मधेसमा भएको ‘दमन’ र मधेसी जनताको बलिदानलाई उपेक्षा गरिएको आरोप लगाए। 
एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन नेता माधवकुमार नेपालको भूमिकालाई प्रश्न गर्दै  पूर्व मन्त्री समेत रहेका महतोले भने, “संविधान बनाउने बेला हामीले जनमत र सहिदको रगत सम्झायौँ, तर घोषणा हुने बित्तिकै यही संविधानकै नाममा मधेसमा गोली चलाइयो।’ 
जेनजी  आन्दाेलनले मुलकमा ल्याएकाे परिवर्तनलाई संस्थागत गर्न अन्तरिम संविधान मार्फत ब्यबस्था परिवर्तन हुनुपर्नेमा उनले जाेड दिए।
बर्तमान सरकारले  जेनजी बिद्रोहको माग सम्बोधन गर्न नस्सक्ने दावी गर्दै  अध्यक्ष महतोले अहिले पुरानै दलहरूले भष्टाचार, अनियमिता, सुशासन कायम गर्न गम्भीर नदेखिएकाे र पुरानाे संसदलाई ब्युतयाउन परपंच भईरहेकाे उल्लेख गरे ।  उनले जेनजी परिवर्तनवाट सुशिला कार्कीकाे नेतृत्वमा बनेकाे सरकार युवा पुस्ताकाे माँग पूरा गर्न गम्भीर नदेखिएको आरोप लगाए।
  
“शोकसभामा सातै दलका नेता आए, अनि त्यही जनसभा वा गाउँसभा जस्ता भेला भएको ठाउँमा जनताले एक स्वरमा भने — अब एक पार्टी बनाऊ, एक ब्यानर बनाऊ, एक आन्दोलन चलाऊ। त्यो आदेश मधेसको आदेश थियो।” उनले भने 
 “यही आदेशका कारण आफूहरुले अनेक कठिनाइका बीच मधेसका दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास थाले,  उनले भने “छ–साना समूह, मधेसवादी दलहरू, उपेन्द्र यादवको पार्टी, बाबूरामको पक्ष, सबैलाई एक ठाउँमा ल्याउने प्रक्रिया हामीले थाल्यौँ। अन्ततः जनता समाजवादी पार्टी निर्माण गरियो’
उक्त अवसरमा  जसपा नेपालका केन्द्रीय सदस्य बिकास तिवारी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ती पार्टीमा  प्रवेश  गरे।  उनलाई अध्यक्ष महताेले फुलमाला, लगाई पार्टीमा स्वागत गरेका थिए ।
जिल्ला अध्यक्ष दिपेन्द्र चाैधरीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय महासचिव गजेन्द्र मण्डल, राजनीतिक समिति सदस्य सिएन थारु, नेता सन्ताेष मेहता, सिताराम मण्डल लगायतकाे उपस्थिति रहेकाे थियाे।