• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तीनजना मानव अधिकारकर्मी सम्मानित
न्यूज टुडे
राजविराज,२६ मंसिर । 
मानव अधिकारको क्षेत्रमा क्रियाशील ३ जना सम्मानित भएका छन् ।  मानव अधिकारकर्मी तथा वरिष्ठ पत्रकार वैद्यनाथ झा, मानव अधिकारकर्मी मनोहर पोखरेल र एकल महिला मानव अधिकारकर्मी विमला पराजुली सम्मानित भएका हुन् । 
महिला मानव अधिकार संजाल मधेस प्रदेशद्वारा राजविराजमा शुक्रबार आयोजित मधेस प्रदेश स्तरीय सम्वाद कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो। 
महिला मानव अधिकार संजाल मधेस प्रदेशकी अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि  सप्तरी जिल्ला अदालत राजविराजका न्यायाधीश किशोर घिमिरेले सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर उनीहरुलाई  सम्मान गरे ।
आ-आफ्नो क्षेत्रबाट मानव अधिकार रक्षाका लागि अतुलनीय योगदान दिनुभएकोमा वहाहरुको उच्च मुल्यांकन गरि सम्मान गरिएको आयोजकले जनाएको छ । 
 सम्मानित हुने झा पत्रकारिता क्षेत्रमा चार दशक देखि क्रियाशील छन् । यसैगरी पोखरेल मानव अधिकार तथा पत्रकारिताको क्षेत्रमामा निरन्तर काम गर्दै हाल इन्सेक कोशी प्रदेश संयोजकमा कार्यरत छन् । पराजुली एकल महिला मानव अधिकार संजालकी पूर्व केन्द्रीय उपाध्यक्ष एवम् सप्तरी जिल्ला संस्थापक अध्यक्ष हुन् ।