• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपालका केन्द्रीय सदस्य तिवारीले दिए राजीनामा

जसपा नेपालका केन्द्रीय सदस्य तिवारीले दिए राजीनामा
न्यूज टुडे
राजविराज,२५ मंसिर । 
जनता समाजवादी पार्टी (जसपा ) नेपालका केन्द्रीय सदस्य विकास कुमार तिवारीले पार्टीको साधारण सदस्य र पदबाट राजिनामा दिएका छन् । सामाजिक संजालमा बिहीबार राजिनामा पत्र सार्वजनिक गर्दै साधारण सदस्य तथा केन्द्रीय सदस्य पदबाट राजिनामा दिएको जानकारी गराएका हुन् । 
‘जनता समाजवादी पार्टीको साधारण सदस्य तथा केन्द्रीय सदस्य पदबाट राजिनामा गर्दछु उनले आफ्नो व्यक्तिगत फेसबुक पेजमा सार्वजनिक गरेको राजिनामा पत्रमा उल्लेख छ । 
पार्टीमा रहँदा समाजवादको बरेमा धेरै सिक्ने अवसर पाएको उनले सार्वजनिक गरेको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।
“पार्टीमा रहँदा समाजबादसंगै देश र मधेसको बारेमा जान्ने र बुझ्ने विशेष मौका पाएँ’ उनले भनेका छन्,”यसका लागि धन्यवाद / जय मातृभुमी जय मधेश ।’
तिवारी एक अनुभवी,अध्यनसील, बौद्धिक नेताको रुपमा चिनिन्छन ।