• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अमसोत सामुदायिक सहकारी संस्थाको अध्यक्षमा योन्जन

अमसोत सामुदायिक सहकारी संस्थाको अध्यक्षमा योन्जन
न्यूज टुडे
सप्तरीको अग्नीसाइर कृष्णासवरन  गाउँपालिका ४ बेल्हामा रहेको श्री अमसोत सामुदायिक कृषि सहकारी सस्था लिमिटेडको अध्यक्षमा सरिता योन्जन  चयन भएकी छन् । संस्थाको २१ औं साधारणसभाद्वारा योन्जनको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति गठन गरेको हो । 
नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी । फोटो : न्यूज टुडे
गठित समितिको उपाध्यक्षमा लिलम भस्मा थरुनी, सचिबमा शिबानी कुमारी चौधरी र कोषाध्यक्षमा मिना कुमारी चौधरी  चयन भएकी छन् । यसैगरी समितिको  सदस्यहरुमा मनिशा मन्डल,पूजा कु. यादव, ललिता देवी सरदार राम कुमारी खंग र 
 अम्बिका कुमारी चौधरी चयन भएका छन् ।
यसैगरी लेखा सुपरिवेक्षण समितीको  संयोजकमा कन्चन चौधरी र सदस्यहरुमा  पुष्प  दास र संगीता चौधरीलाई चयन गरिएको व्यवस्थापक रामी यादवले जानकारी दिए ।