• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्‍याली प्रदर्शन

राजविराजमा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्‍याली प्रदर्शन
न्यूज टुडे
राजविराज, २४ मंसिर ।
७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सप्तरीको  राजविराजमा बुधबार बृहत  र्‍याली प्रदर्शन गरिएको छ । राष्ट्रिय मानव अधिकार तथा मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाद्वारा संयुक्त रुपमा र्‍याली आयोजना गरेको हो । 
‘घरघरबाट शुरु गरौं, घरेलु हिंसा अन्त्य गरौ, मानव अधिकारको रक्षा गरौं, ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार  दिवस सफल पारौं’ भन्ने विभिन्न नारा लगाउदै नारा उल्लेखित  प्लेकार्ड बोकेर  झाकीसहित र्‍याली निकालिएको थियो । 
स्थानीय शिव मन्दिरबाट निस्किएको र्‍याली जिल्ला प्रशासन कार्यालय – खानेपानी कार्यालय- महावीर चौक – गजेन्द्र चौक – दशन चौक- रामम्न्दिर- अदालत रोड- नगरपालिका रोड हुँदै नेपाल पत्रकार महासंघको कार्यालय पुगेका थिए । 
र्‍यालीमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी टुवराज पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, विभिन्न मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि, पत्रकार, प्रहरी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
त्यसपछि मधेस प्रदेशको मानव अधिकारको अवस्था र सरोकारवालाको भुमिका विषयमा बृहत छ्लफल कार्यक्रम  आयोजना गरिएको थियो ।