• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आठ महिनामा अर्द्ववार्षिक परीक्षा, कस्तो होला  सिकाइ उपलब्धि ?

आठ महिनामा अर्द्ववार्षिक परीक्षा, कस्तो होला  सिकाइ उपलब्धि ?
रामनाथ यादव
राजविराज , २३ मंसिर
नेपाल सरकारले शिक्षा क्षेत्रलाई स्थानीय तहमा गाँसिएको हुँदा ताेकिएकाे समयमा परीक्षा लिन नसक्नु एवम् विद्यार्थीकाे सिकाइ उपलब्धि कस्तो हाेला त ? अहिले सबैले यस्तै प्रश्न यत्रतत्र सुन्नु पाइन्छ । तर स्थानीय तहकाे लापरबाहीले  शिक्षा क्षेत्रलाई कमजोर  वनाएकाे अभिभावकहरुकाे गुनासो रहेका छन ।
सप्तरीको स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुकाे ६ महिनामा लिनुपर्ने अर्द्ववार्षिक परीक्षा आठ महिना वित्न लागेपनि राजविराज नगरपालिकाले अहिले सम्म पनि  परीक्षा  लिन नसक्नु शिक्षा क्षेत्रका लागि दुर्भाग्य भएको स्थानीय अभिभावक श्याम यादवले वताए ।
 कुनैकुनै स्थानीय तहहरुले अर्द्ववार्षिक परीक्षा मंसिर २२ गतेबाट परीक्षा सामुदायिक विद्यालयहरूमा अर्धवार्षिक परीक्षा सुरु गर्ने तयारीमा छन भने राजविराज नगरपालिका जहिले पनि परीक्षा लिनमा ढिलो गरेको यसमा स्थानीय तहकाे कमिकमजाेरी रहेकाे स्थानीय अभिभावकको आरोप छ ।
लक्ष्मी ,वलल्भ ,नर्सिङ माध्यमिक विद्यालयका प्रधानाध्यापक विपिन झाले पालिकाले विद्यालयलाई उत्तरपुस्तिका र प्रश्नपत्र उपलब्ध गराएपछि परिक्षा संचालन हुने बताए ।
 ‘परीक्षाको जिम्मेवारी विद्यालयको प्रधानाध्यापकले लिने गरी सञ्चालन गरिएको छ।’ उनले भने,’ एकदेखि ३ सम्मको विद्यार्थीहरूलाई विद्यालय आफैँले अध्ययनका आधारमा मूल्याङ्कन गर्ने गरेका छौँ ।”
 पालिकाले त्रैमासिक र अर्धवार्षिक परीक्षाको विद्यालयस्तरीय र विद्यालयले नै आन्तरिक मूल्याङ्कन गर्ने भएका कारण नतिजा बारे जानकारी नलिएको उनले बताए। पालिकाले परीक्षा समिति गठन गरेको र पालिकामा कर्मचारी कम भएका कारण विवरण समेट्न नसकेको प्रअ.झाको भनाइ छ ।
“परीक्षा बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म एक  चरण  हुन्छ भने दोस्रो चरण साढे १ बजेदेखि साढे ३ बजेसम्म हुन्छ ।” उनले भने ।
सामुदायिक विद्यालयका शिक्षकहरुले सञ्चालन गरेको समन्वय समितिले नै परीक्षा सञ्चालन तथा व्यवस्थापनको कार्य गरेकाे तिलाठी काेइलाडी गाउँपालिका शिक्षा शाखाका सह-संयाेजक ज्ञानेन्द्र कुमार यादवले वताए ।
तिलाठी काेइलाडी , महादेवा , विष्णुपुर,राजगढ गाउँपालिकाहरुकाे सामुदायिक  विद्यालयमा कक्षा ४ देखि १० कक्षा सम्मका विद्यार्थीको धमाधम परीक्षा चलिरहेको छ भने कतै शुरु पनि भएका छैन।
पालिकाहरुले कक्षा ४ देखि १० कक्षा सम्मकाे परीक्षाकाे लागि प्रश्नपत्र आफैंले वनाएर दिने र काँपी पनि विद्यालयलाई उपलब्ध गराउने  गरेको छ । विद्यालयमा शिक्षकले नियमित रुपमा विद्यार्थीलाई पठनपाठन गरेपनि शिक्षाको स्तर  सिकाइ प्रभावकारी हुन नसकेको एक अभिभावकले बताए ।
।यद्यपि विद्यार्थीको सिकाइ कस्तो रह्यो भन्ने बारेमा अहिले सञ्चालन हुने परीक्षाले केही देखाउने स्थानीय तहहरु बताउँछन् । शिक्षाको  सिकाइ स्तर कस्तो रह्यो भन्ने चाहिं यो परीक्षाको नतिजापछि मात्रै भन्न सकिने’ एक विद्यार्थीले वताए  । शिक्षा क्षेत्रमा स्थानीय तह गैरजिम्मेवार रहेकाे अभिभावकहरु बताउँछन् ।।