• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपाल सप्तरी क्षेत्र नम्बर २ को अध्यक्षमा मण्डल र सचिबमा यादव

जसपा नेपाल सप्तरी क्षेत्र नम्बर २ को अध्यक्षमा मण्डल र सचिबमा यादव
न्यूज टुडे
राजविराज,२३ मंसिर ।
जनता समाजवादी पार्टी (जसपा)  नेपाल सप्तरी संसदीय क्षेत्र स्तरीय समिति गठन गरिएको छ ।  राजविराजमा मंगलबार सम्पन्न बैठकले  संसदीय  क्षेत्र नं.-२ मा  प्रदीप मण्डलको संयोजकत्वमा समिति गठन गरेको हो । 
संयोजक मण्डल  पुर्व शिक्षण पेशाबाट अबकास प्राप्त प्रधानाध्यापक हुन् । उनी नेकपा एमाले परित्याग गरि जसपा नेपाल प्रवेश गरेका थिए । 
गठित समितिको सहसंयोजकमा सुरेन्द्र प्रसाद गुप्ता , सचिवमा श्याम कुमार यादव , सदस्यहरु डम्बर नारायण ठाकुर , अनिरुध यादव रहेको  छन् ।
यसैगरी क्षेत्र नम्बर १ मा हेमन्त बहडखेरको संयोजकत्वमा समिति गठन गरिएको छ भने क्षेत्र नम्बर ४ मा हेमायू हकको संयोजकत्वमा संसदीय क्षेत्र स्तरीय समिति गठन गरिएको जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए । 
क्षेत्र नम्बर ३ मा भने समिति गठन गर्न बाँकी रहेको उनले जानकारी गराए ।