रामनाथ चौधरी
महुली,२३ मंसिर ।
सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका १ स्थित जण्डोल बजार ( प्लोट) मंगलबार लैङ्गिक हिंसा, खानेपानी तथा सरसफाइ सम्बन्धि जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । महुली सामुदायिक विकास केन्द्र बकधुवाको सहजीकरणमा स्थानीय खानेपानी तथा सरसफाइ समितिको समन्वय तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ नम्बर वडा कार्यालयको आयोजनामा सडक नाटक प्रदर्शन गरिएको हो ।
“बेटी पौनहमे भेदभाव” शिर्षकमा प्रदर्शन गरिएको सडक नाटकमा महिला हिंसा तथा सरसफाइ सम्बन्धि चेतना मुलक संदेश दिइएको थियो ।
नाटकमा स्थानीय कलाकार उमादेवी थरुनी, सावित्री चौधरी,सरिता चौधरी,नयन चौधरी,रन्जना चौधरी, अम्विका चौधरी,अन्जु चौधरी, रेखा चौधरी,रेखा सिंहले अभिनय गरेकी थिइन् ।
खानेपानी तथा सरसफाइ समितिकी अध्यक्ष राज कुमारी चौधरीको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ का वडाध्यक्ष सबजुल खलिफाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा सदस्य देव्कान्त चौधरी, रामगेन सिंह,बैजानाथ देवी थरुनी, स्वास्थ्य चौकी प्रमुख द्रोपती चौधरी,संगम विश्वकर्मा, धर्मा नारायण ठाकुर,तारणी प्रसाद चौधरी,योगेन्द्र प्रसार चौधरीलगायतका महिला स्वास्थ स्वंमसेविकाहरुको उपस्तिथि थियो ।
कार्यक्रम संचालन तथा सहजीकरण महुली सामुदायिककी प्रतिनिधि चन्द्रकला चौधरीले गरेकी थिइन् ।