शिवप्रसाद आचार्य
फत्तेपुर,२३ मंसिर ।
सप्तरीको फत्तेपुरबाट सन्चालनमा आएका माइक्रोबस हडताल गरिएको छ । माइक्रोबस व्यवसायीहरुले फत्तेपुरमा मंगलबार बिरोध स्वरुप हटताल गरेको हो।
क्षमताभन्दा बढी माइक्रोबस संचालन गर्न तयारी गरेकाले विरोध स्वरुप फत्तेपुरबाट पूर्व चल्ने माइक्रोबस हडताल गरिएको त्रियुगा माइक्रो यातायात प्रालिले जनाएको छ ।
सुनसरीको लौकही ,इनरुवा,इटहरी लगायतका क्षेत्रबाट करिब तीन दर्जनको हाराहारीमा अन्य माइक्रोबस फत्तेपुरबाट सन्चालनको तयारी स्वरुप फत्तेपुरमा आएको बिरोधम बिरोध गरिएको त्रीयुगा माइक्रो यातायात प्रा लि.का अध्यक्ष गणेश बरालले बताए। त्रियुगा माइक्रो यातायात प्रा लिमा हाल पच्चिस भन्दा बढी माइक्रो आबद्ध रहि सन्चालनमा रहेता पनि क्षमता भन्दा बढी संचालनको तयारी आफुहरुलाई मान्य नहुने उनले बताए ।
‘अब थप हुने माइक्रो बस समयको अभाब हुने ,कम समयमा गाडिको चाँप बढी हुने र गाडिहरु प्रतिस्पर्धामा कुद्ने भएका कारण दुर्घटनामा पनि वृद्धि हुन्छ ‘ अध्यक्ष बरालले भने “त्यसको निकासको लागि माइक्रो बन्द गरिएको गरी विरोध गरेका
माइक्रो व्यवसायीको हडतालका कारण फत्तेपुरबाट पुर्बका माइक्रो नचल्दा इनरुवा, इटहरी , धरान , बिराटनगर ,लगायतका ठाउँमां जाने यात्रु मार्कामा परेका थिए ।