• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

क्यासर पीडित मगर बचाउ अभियानमा २ लाख ५० हजार संकलन

क्यासर पीडित मगर बचाउ अभियानमा २ लाख ५० हजार संकलन
न्यूज टुडे
राजविराज, २३ मंसिर । 
उपचार खर्च जुटाउन नसक्दा समस्यामा परेका क्यानसर पीडित सप्तरीको रुपनी गाउँपालिका ६ दुधैलाका २३ बर्षिय राहुल घले मगर बचाउ अभियानमा २ लाख ५० हजार संकलन भएको छ । न्यूज टुडे दैनिकको अफिसल फेसबुक पेजले मंसिर १८ गते सुरु गरेको अभियानमा  पाँच दिनमा उक्त सहयोग संकलन भएको हो । 
अभियानमा देश विदेशमा रहेका आफन्त तथा विभिन्न व्यक्तिहरुले स-स्फुर्त सहयोग गरेका छन् । 
क्यान्सर पीडित मगरका आमा सीता थापा मगरले छोराको जीवन रक्षाका लागि सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गरिन । उनले छोराको ज्यान बचाउने अभियानमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै संकटकालीन अवस्थामा अमुल्य सहयोग पुर्‍याउन हुने व्यक्तिहरुलाई सधै स्मरण  गरि राख्ने बताइन् ।
अण्डकोषमा क्यान्सर भएपछि भक्तपुर क्यान्सर अस्पतालमा अपरेसन गरि घर फर्किएका उनको खर्च जुटाउन नसक्दा उपचारमा समस्या भएको आमा सीताले बताइन् ।
‘चिकित्सकले २१ दिनपछि आउनु भनि पठाएको छ, तर आफुसंग खर्च थिएन, आफ्न्तजनको सहयोगले यतिसम्म गर्न सकियो, ४-५ लाखभन्दा बढी नै खर्च भइसकेको छ, छोराको उपचारमा कुनै उपाय थिएन, उनले भनिन्,’आफ्नो जायजेथा पनि सबै सकियो, आफ्नाकोमा पनि माग्ने बाटो बन्द भएको बेला सहयोग आएकोले  हर्षित छु’ गहभरी आसु चुहाउँदै उनले थपिन:- खर्च जुटाउन नसक्दा छोराको ज्यान जोखिमा परेको बेला छोराको जीवन रक्षाका लागि सहयोग गर्नुहुने सबैजनाप्रति जतिसुकै धन्यवाद दिंदा समेत कमै हुन्छ।’
उनले सहयोग गर्ने सबैजनाको राम्रो उन्नति प्रगतिको समेत कामना गरिन ।
उनले सत्रपटक किमो चढाउन चिकित्सकले दिएको सल्लाह अनुसार प्रत्येक २१ दिनमा क्यान्सर अस्पताल भक्तपुर जानुपर्ने जानकारी दिइन् । 
उनले श्रीमान रुद्र घले मगरले बनिबुतो गरेर जसोतसो विहान-बेलुका हातमुख  जोड्ने गरेकोमा छोरा विरामी भएपछि थप समस्यामा परेको दुखेसो पोखिन । आफू समेत लामो समय विरामी परेर थाला परेपछि श्रीमानले मजदुरी गरेर परिवार पाल्दै आएको भएपनि छोराको चिन्ताले परिवारमै ठूलो पीडा थपिएको उनले बताइन् । 
वैदेशिक रोजगारीका लागि मलेसिया गएका राहुल हर्नियाको लक्षण देखा परेपछि २०८१ असोजमा घर फर्किएको आमा सिताले बताइन् । उनले वैदेशिक रोजगारीका लागि मलेसिया गएको ७ महिनामै स्वदेश फर्किएका छोरालाई झण्डै एक बर्ष धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञन प्रतिष्ठानमा उपचार गराइएको बताइन् ।
रोग थप जटिल बन्दै गएपछि शंका लगेर धरानले क्यान्सर अस्पताल भक्तपुर रेफर गरेपछि एक बर्ष पछि २०८२ असोजमा क्यान्सर पुष्टि गरेको उनले जानकारी दिइन । 
अण्डकोषमा क्यान्सर भएपछि उपचारको लागि थप ६ -८ लाख सम्म खर्च लाग्ने चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावले थप उपचारमा समस्या उत्पन्न भएको पीडितकी आमाले दुखेसो पोखिन । 
आफ्नो सम्पत्तिको नाममा केही पनि नभएका घले परिवार आर्थिक रुपमा अत्यन्तै विपन्न भएकोले पीडितको उपचारमा सहयोग गरिदिन स्थानीय समाजसेवी भुवनसिंह घले मगरले आग्रह गरे । 
पीडित मगरको आमा-बुवा र १ दिदी र १ जना भाइ छन् ।