• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बोदेबर्सान नगरपालिकाद्वारा जेनजी पुस्ताको संघर्षका कार्यक्रमलाई समर्थन

बोदेबर्सान नगरपालिकाद्वारा जेनजी पुस्ताको संघर्षका कार्यक्रमलाई समर्थन
न्यूज टुडे
राजविराज, २३ मंसिर ।
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध जेनजी पुस्ताद्वारा जारी संघर्षका कार्यक्रमलाई समर्थन गर्दै मंगलबार बोदेबर्साइन नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय बन्द गरिएको छ । नगर प्रमुख आतेश कुमार सिंह यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिका मातहत सम्पूर्ण कार्यालय तथा वडा कार्यालय बन्द हुने जानकारी गराएका हुन् । 
आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीले पत्र मार्फत आफ्ना आन्दोलनका कार्यक्रमलाई समर्थन गरि मंगलबार सरकारी कार्यालय बन्द गर्न आग्रह गरे अनुसार सहयोग गरिएको नगर प्रमुख यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
“सुन सरकार सप्तरीबासी सब क आवाज”  आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरी उल्लेख प्लेकार्डसहित जेनजी पुस्ताका युवाहरूले विहान १० बजेदेखि सरकारी कार्यालयहरुको कालो झण्डा राखेर सरकारको निर्णय विरोध गरेका छन् ।  
राजविराज स्थित रहेको  करदाता सेवा कार्यालयलाई अन्तरिक राजस्व कार्यालयमा स्तर वृद्धि गरी स्थापना गर्नुपर्ने १ सुत्रीय माग राखी आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक मोहन यादवले बताए । यसलाई कतै गाभ्ने वा खारेज गर्ने षड्यन्त्र भए स्वीकार्य नहुने बताउँदै उनले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्ने  समेत चेतावनी दिए । 
“हामीले पूर्व घोषित कार्यक्रम अनुसार सरकारी कार्यालय बन्द गरि समर्थन गर्न भएका छौं ” उनले भने, हाम्रो आन्दोलनलाई समर्थनसहित कार्यालयहरु बन्द गरे नगरेको अनुगमनसहित जिल्लाका सबै सरकारी कार्यालयमा कालो झण्डा रखेका छौँ ।’
जेनजी पुस्ताद्वारा  गठित संघर्ष समितिले राजविराजमा शनिबार पत्रकार सम्मेलन गर्दै  आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । 
 संघर्षका कार्यक्रम अनुसार २०८२ मंसिर २१ ग्ते विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने, २०८२ मंसिर २२ गते ११ बजेदेखि  दिउँसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना  बसेका थिए ।  पुर्व घोषित  संघर्षलाई निरन्तरता दिदै २०८२ मंसिर २३ गते जिल्ला स्थित सम्पुर्ण नगरपालिका / गाउँपलिका र वडा कार्यालय तथा जिल्लाका सम्पूर्ण कार्यालय बन्द गराउने जेनजी पुस्ताहरु सक्रिय रहेका छन् । 
यसअघि  सप्तरी उधोग बाणिज्य संघले कार्तिक २२ गते देखि २७ गतेसम्म करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्व हस्ताक्षर संकलन गरी अर्थमन्त्रीलाई बुझाएका थिए । कार्तिक २८ गते गजेन्द्र चौकदेखि मौन जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत संघीय अर्थमन्त्रीलाई हस्तारक्षित तुल पठाउँदै धर्ना समेत दिएका थिए । 
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः राकरदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो । 
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ । 
कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् । 
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गरिने भएपछि सप्तरीका उधोगी व्यवसायी, नागरिक समाज, जनप्रतिनिधि, पत्रकार, विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता चरणब्म्बद्व आन्दोलनका उत्रिएका छन् ।