हरे कृष्ण साह
राजविराज, २२ मंसिर ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज दर्जनौं समस्याहरुले ग्रसित रहेको छ । दुई दशक अगाडीसम्म गुणस्तरीय शिक्षाका लागि देशभरि प्रसिद्धि कमएका क्याम्पस अहिले समस्याहरुको चाङमा जेरी जेस्तै जेरिएको हो ।
क्याम्पसमा बग्रेल्ती समस्याले पठन पाठन प्रभावित भइरहेको स्ववियु सभापति रंजित यादवले गुनासो गरे ।
‘विद्यार्थीको न्युन उपस्थिती, शिक्षक अभावले नियमित पठन पाठनको अवस्था छैन ।’ स्ववियु सभापति यादवले सामाजिक संजलमा भिडियो पोष्ट गर्दै भनेका छन्,’कार्यरत शिक्षकहरुको आफ्नै निजि क्लेज रहेको छ । शिक्षकहरुले सरकारी क्याम्पसमा कम समय दिने गरेको छ ।’
यसबाट सार्वजनिक भिडियो मार्फत क्याम्पसमा रहेका विभिन्न समस्याहरु बारे प्रष्ट बोलेका छन् ।
“क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्थान हुन सकेको छैन । स्वस्थ्य चर्पीको व्यवस्थापन छैन । पुस्तकालय व्यवस्थित छैन । प्रयोगशाला व्यवस्थित छैन । बैकिंङ्ग प्रणाली छैन । सुरक्षाको लागि सेक्युरिटि गार्ड छैन । ‘यस्तै १०(१२ वटा मुख्य समस्याहरु रहेको उनले सामाजिक संजालमा भिडियो मार्फत ब्यक्त गरेका छन् ।
खास गरी जनआन्दोलन २०६२र०६३ साल अघिसम्म गुणस्तरीय शिक्षा, अनुशासन र मर्यादित परीक्षा प्रणालीको लागि क्याम्पसको देशभरी प्रसिद्धि रहेको थियो ।
यसले क्याम्पसको असल छवि जनजनको मस्तिष्कमा बसेको थियो । नाम लिन वित्तिकै क्याम्पस प्रति मनमा छुटै श्रद्धाभाव जागृत हुन्थ्यो । ।देशभरिको विद्यार्थीको लागि क्याम्पस आकर्षणको केन्द्रको रुपमा रहेको थियो ।
विस्तारै क्याम्पसको गुणस्तरीय शिक्षा, अनुशासन र मर्यादित परीक्षा प्रणालीमा ह्रास हुदै गयो । आज क्याम्पस प्रति विद्यार्थी अभिभावकको मनमा नकारात्मक भावना सृजना भएको छ ।
पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले क्याम्पसको वर्तमान अवस्था प्रति चिन्ता व्यक्त गर्दै अहिलेको यो अवस्था सृजना हुनुमा कहींकतै सन् १९९० दशक पछि सरकारले लिएको नवउदारवाद, मिश्रित अर्थव्यवस्थाले भुमिका खेलेको हो की भन्दै प्रश्न गर्छन् ।
क्याम्पसले वि।स।२०८१ साल चैत्र १४ गते देखि डा.सुशिल चन्द्र कर्णलाई क्याम्पस प्रमुखको रुपमा पाएको थियो । उनी शालीन एवम् बौद्धिक व्यक्तित्वका रुपमा विद्यार्थी, अभिभावक एवम् बौद्धिक वृतमा चर्चित थिए । उनले नियुक्ति लगतै जुनसुकै हालतमा क्यासम्पसको अवस्थामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
वि।सं।२०८२ सालको दशै तिहारको विदाको वेला क्याम्पसमा पूर्व विद्यार्थी मिलन समारोह एवम् शुभकामना आदान प्रदान तथा शैक्षिक सुधार विषयमा अन्तरक्रिया कार्याक्रम आयोजना गरिएको थियो ।उक्त कार्यक्रम डा.।सूर्या यादव अध्यक्ष रहेको इन्टेलेक्चुअल फाउण्डेशन नेपालद्वारा आयोजना गरिएको थियो ।सो अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्वान पुर्व प्राध्यापकहरुले आफ्ना विचार राखेका थिए ।
पूर्व निर्वाचन आयुक्त डा।अयोधि प्रसाद यादवले मविव क्याम्पसमा १ जना शिक्षकमा ९ सय विद्यार्थी रहेकोमा कस्तो खालको शिक्षा भनेर आश्चर्य व्यक्त गरेका थिए । उनले त्रिवि।नयाँ महाजन जस्तै भएको भन्दै कि त टिचर दिनु पर्यो नभए विद्यार्थी भर्ना बन्द गर्नुपर्यो भनेर कडा टिप्पणी गरेका थिए ।
लुम्बिनी बौद्ध विश्व विद्यालयका पूर्व रजिष्ट्रार प्रा।डा.पिताम्बर लाल यादवले देशमै अग्रिम मविव क्याम्पसको गुणस्तर पछिल्लो समय कमजोर हुदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
अन्तरक्रियामा उपस्थित सबैजनाले शिक्षाको गुणस्तर सुधारका लागि सरोकारवाला गम्भीर बन्नुपर्ने धारणा राखेका थिए ।
क्याम्पस प्रमुख डा.कर्णले क्याम्पसमा कानून संकायमा शिक्षक अभाव भएको स्वीकार गर्दै अगाडीका प्रमुखहरुकै पालादेखि रहदै आएका समस्याहरु किन समाधान भएन भनेर प्रतिप्रश्न गरे ।
विगतका बेथितिलाई सुधार गर्ने तर्फ अगाडी बढिरहँदा धेरै चुनौतीहरु सामना गर्नु परेको र आफू क्याम्पस प्रमुख भएको तर ३ महिना देखि क्याम्पसमा तालाबन्दी गरेको आफूलाई बस्ने ठाउँ नभएको, पानी खुवाउने कार्यालय सहयोगीसम्म नियुक्त गर्न नदिएको उनको दुखेसो थियो ।
आफू क्याम्पसमा नियमित कक्षा संचालन तथा मर्यादित परीक्षा प्रणाली तर्फ अगाडि बढेको तर विद्यार्थीको कक्षामा उपस्थित नभई सर्टिफिकेटका लागि मात्र एडमिसन लिने परीपाटी त्याग्नुपर्ने बताएका थिए ।
उनले क्याम्पसको पुरानो साख फर्काउनका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता रहेको बताएका थिए।
स्ववियु सभापति रन्जित यादवले सामाजिक संजालमा भिडियो मार्फत क्याम्पसको सुधारका लागि प्राध्यापक, कर्मचारी, विद्यार्थी र स्ववियु लगायत सबै पक्षको प्रयास र सहयोगबाट मात्र सम्भव रहेको अभिव्यक्ति दिएका छन् ।
उनले क्याम्पसमा नियमित पठन पाठन, अनुशासन र नियमितता नहुनुमा आफू लगायत सबै सरोकारवाला पक्ष त्यतिकै दोषी रहेको विचार अभिव्यक्त गरेका छन् ।
उनले आफू क्याम्पसको विकास र सुधारका लागि सहयोग गर्न तयार रहेको तर क्याम्पस प्रशासनले मसँग समन्व्य नगरी आफूलाई टाढा राख्ने गरेकोमा आक्रोश व्यक्त गरेका छन्। उनी आक्रोसित हुँदै क्याम्पसमा शिक्षकले सरकारी तलब भत्ता लिएर आफ्नो जिम्मेवारीमा बहन नगरी लापरवाही गर्ने गरेको अभिव्यक्ति दिएका छन्।
स्ववियु सभापति यादवले क्याम्पसका सबै समस्याहरु समाधानका लागि आफूले छिट्टै क्याम्पस समक्ष ज्ञापन पत्र बुझाउने र समाधानका लागि आलटाल गरेमा सबै जनाको कालो कर्तुत पर्दाफास गर्ने बताउँदै भिडियो सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।