• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जेनजी पुस्ताको धर्ना दोश्रो दिन पनि जारी : मंगलबार जिल्लाका सरकारी कार्यालय बन्द गर्ने

जेनजी पुस्ताको धर्ना दोश्रो दिन पनि जारी : मंगलबार जिल्लाका सरकारी कार्यालय बन्द गर्ने
न्यूज टुडे
राजविराज, २२ मंसिर ।
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध जेनजी पुस्ताले  जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि  सुरु गरेको धर्ना कार्यक्रम सोमबार पनि जारी  राखेका छन् । आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको आयोजनामा जेनजी पुस्ता तथा स्थानीय उधोगी व्यवसायीहरुले जिप्रका अगाडि  जारी धर्ना कार्यक्रमलाई  दोश्रो पनि निरन्तरता दिएका हुन् । 
“सुन सरकार सप्तरीबासी सब क आवाज”  आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरी उल्लेख प्लेकार्डसहित जेनजी पुस्ताका युवाहरू विहान ११ बजेदेखि  दिउँसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका छन् । 
राजविराज स्थित रहेको  करदाता सेवा कार्यालयलाई अन्तरिक राजस्व कार्यालयमा वृद्धि गरी स्थापना गर्नुपर्ने १ सुत्रीय माग राखी आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक मोहन यादवले बताए ।  कतै गाभ्ने वा खारेज गर्ने षड्यन्त्र भए स्वीकार्य नहुने उल्लेख गर्दै उनले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्ने  समेत चेतावनी दिए ।
आन्दोलनमा सबै पक्षको साथ सहयोग पाउनेमा विश्वास व्यक्तगर्दै उनले जिल्लाको अस्तित्व रक्षाको संघर्षमा सहयोगका लागि आम सप्तरीबासीलाई आव्हान गरे । 
संघर्ष समितिद्वारा आयोजित धर्ना कार्यक्रममा उधोगी व्यवसायी तथा जेनजी पुस्ताका युवाहरुले सक्रिय सहभागीता जनाएका छन् । 
जेनजी पुस्ताद्वारा  गठित संघर्ष समितिद्वरा पूर्व घोषित संघर्षका कार्यक्रम अनुसार २०८२ मंसिर २१ ग्ते विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने, २०८२ मंसिर २२ गते ११ बजेदेखि  दिउँसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने र २०८२ मंसिर २३ गते जिल्ला स्थित सम्पुर्ण नगरपालिका / गाउँपलिका र वडा कार्यालय तथा जिल्लाका सम्पूर्ण कार्यालय बन्द गर्ने रहेको छ ।
यसअघि  सप्तरी उधोग बाणिज्य संघले कार्तिक २२ गते देखि २७ गतेसम्म करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्व हस्ताक्षर संकलन गरी अर्थमन्त्रीलाई बुझाएका थिए । कार्तिक २८ गते गजेन्द्र चौकदेखि मौन जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत संघीय अर्थमन्त्रीलाई हस्तारक्षित तुल पठाउँदै धर्ना समेत दिएका थिए । 
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः राकरदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो । 
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ । 
कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् । 
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गरिने भएको छ ।