• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीका नवागंतुक प्रहरी प्रमुखसंग भेटघाट

रुपनीका नवागंतुक प्रहरी प्रमुखसंग भेटघाट
नर्मदेव यादव
रुपनी,२१ मंसिर।
इलाका प्रहरी कार्यलय रुपनीका नवागंतुक प्रमुख प्रहरी नायब निरीक्षक गंगाराम चौधरीसंग स्थानीय जनप्रतिनिधि तथा  समाजसेवीहरुले भेटघाट गरेका छन् । इलाका प्रहरी कार्यालय रुपनीद्वारा कार्यालय हाताभित्र आइतबार आयोजित एक समारोहका वीच भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको हो ।  
कार्यक्रम सहभागीहरु। फोटो : न्यूज टुडे
रुपनी गाउँ पालिकाका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा  आयोजित कार्यक्रममा इलाका स्तरीय समुदाय प्रहरी साझेदारी समिति  समेत गठन गरिएको थियो 
। 
नवागंतुक प्रहरी प्रमुख चौधरीले नागरिकको शान्ति सुरक्षाका लागि सबैसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले   सबैको साथ लिएर लागूऔषध, अबैध मदिरा नियन्त्रण तथा ट्राफिक व्यवस्थापन जस्ता नागरिक सुरक्षाको कार्यमा अगाडि बढ्ने बताए । 
इलाका स्तरीय समितिका पदाधिकारी । फोटो : न्यूज टुडे
गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा रुपनी गाउँपालिकाका पुर्व अध्यक्ष हरेराम यादव,  वडा नम्बर १ वडा अध्यक्ष पिताम्बर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका  कार्य समिति सदस्य नर्मदेव यादव लगायतले गाउँपालिकामा शान्ति सुरक्षाको अवस्था तथा आगामी योजना बारे सुझाव दिएका दिए । 
कार्यक्रममा रुपनी गाउँपालिकाका वडा नम्बर १,२,५  र ,६ तथा  शम्भुनाथ नगरपालिकाका वडा नम्बर  १,२,३ र ४ गरि आठवटा वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति थियो । 
 उक्त अवसरमा रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको संयोजकत्वमा १९ सदस्यीय इलाका स्तरीय समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको थियो ।