• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपालको इन्जिनियरिङ्ग जनशक्तिमा झण्डै पचास प्रतिशत सिभिल इन्जिनियर

नेपालको इन्जिनियरिङ्ग जनशक्तिमा झण्डै पचास प्रतिशत सिभिल इन्जिनियर
हरे कृष्ण साह
राजविराज, २१ मंसिर।
नेपालको इन्जिनियरिङ्ग जनशक्तिमा झण्डै पचास प्रतिशत सिभिल इन्जिनियर आकर्षण देखिएको छ ।नेपाल इन्जिनियरिङ्ग परिषद्ले २०८२ साल कार्त्तिक महिनामा लिएको इन्जिनियरिङ्ग लाइसेन्सको परिक्षामा सिभिल इन्जिनियरको संख्यामा वृद्धि भएको हो । 
साधारण दर्तावाला इन्जिनियिरङ्ग व्यवसायी नाम दर्ता परीक्षामा कुल आवेदकको झण्डै पचास प्रतिशत सिभिल इन्जिनियरको सहभागिता रहेको तथ्यांकमा उल्लेख छ ।
कूल ५ हजार ४ सय ९८ आवेदक मध्ये २७३२ जना सिभिल इन्जिनियरिङ्ग समूहबाट रहेका छन् । सबै समूहबाट कूल जम्मा आवेदक मध्ये ३ हजार २ सय ५० जना उत्तीर्ण भएका थिए । सिभिल इन्जियिरिङ्गबाट मात्रै १ हजार ६ सय १५ जना उत्तीर्ण भएका थिए ।
यसले नेपालमा सिभिल इन्जिनियर जनशक्ति उत्पादन झण्डै पचास प्रतिशतको आँकडा देखाउँछ । बाँकी आवेदक कम्प्युटर, आर्किटेक्चर, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायत जम्मा २४ इन्जिनिरिङ्ग समूहबाट रहेका थिए ।
कम्प्युटर इन्जिनियरिङ्गबाट १ हजार ४३ आवेदक मध्ये ४ सय ९३ जना लाइसेन्स परीक्षा उत्तीर्ण भएका थिए ।आर्किटेक्चर इन्जिनियरिङ्गबाट २ सय ७४ जना आवेदकमा २ सय ६३ जना उत्तीण भएका थिए ।
मेकानिकल इन्जिनियरिङ्गबाट २ सय ६९ जना आवेदक मध्ये २ सय १४ जना उत्तीर्ण भएका थिए ।
यसैगरी इलेक्ट्रिकल इन्जिनिरङ्गबाट जम्मा सय जना आवेदक रहेकोमा १ सय ५२ जना उत्तीर्ण भएका थिए ।
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ्गमा जम्मा १ सय १ जना आवेदक बाट २० जना उत्तीर्ण भएका छन् । अरु इन्जिनियरिङ्ग समूहबाट रहेका थिए ।
नेपाल इन्जिनियरिङ्ग परिषदले लिएको यो दशौं परीक्षा रहेको थियो । यो नतिजा सँगै परिषदमा दर्ता हुने इन्जिनियरको दर्ता नं। ९५,४३८ पुगेको व्यहोरा नेपाल इन्जिनियरिङ्ग परिषदद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।