• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सानिमा बैंक बोदेबर्साईनको २१ औं वार्षिकोत्सव सम्पन्न

सानिमा बैंक बोदेबर्साईनको २१ औं वार्षिकोत्सव सम्पन्न
न्यूज टुडे
राजविराज, २१ मंसिर । 
सानिमा बैंक बोदे बर्साईन शाखा कार्यालयले २१ औं बार्षिकउत्सव मनाएको छ ।  बैकले विविध कार्यक्रम आयोजना गरी आइतबार बैंकले बार्षिक उत्सव मनाएको हो ।
बैंकको शाखा कार्यालय बोदेबर्सानका निमित्त शाखा प्रबन्धक भक्त बहादुर बिष्टको अध्यक्षता तथा बोदेबर्साईन नगरपालिका -५ का वडा अध्यक्ष मो. मोजिबुर रहमानको प्रमुख अतिथि तथा बोदे बर्साईन -५ का काली हार्ड्वेयरका प्रो. नारायण भगतको बिशिष्ट अतिथिमा कार्यक्रममा  विभिन्न कार्यक्रम आयोजना गरिएको  थियो ।
कार्यक्रममा बोल्दै निमित्त शाखा प्रमुख बिष्टले २१ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएको भन्दै खुसी व्यक्त गरे । बैंकलाई यो अवस्थासम्म ल्याउन बैंकका संचालक समिति, व्यवस्थापन समूह लगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरुको ठूलो भूमिका रहेको भन्दै उनले प्रत्यक्ष अप्रत्यक्ष बैंकसँग जोडिएका सवैप्रति कृतज्ञता व्यक्त गरे। 
सानिमा बैंकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको बिष्टले बताए ।
‘बैंकले वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरी आफ्नो वेवसाइटलाई थप सुविधा सहित परिष्कृतरुपमा संचालनमा ल्याएको छ ।’ उनले भने  ‘वेबसाइट मार्फत विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो शेयरको आवेदन दिन सकिने  छ’  उनले थपे, ‘साथै विदेशमा बस्ने नेपालीहरुले इकेवाइसी तथा भीकेवाइसीबाट खाता अद्यावधिक गर्ने सुबिधा पनि लिन सकिने छ ।
सानिमाको सातै प्रदेशमा १ सय ३४ वटा कार्यालयहरु र १ सय ४५ भन्दा बढी ए.टि.एम. संजालहरु संचालनमा रहेको पनि बार्षिक् उत्सवका अवसरमा प्रमुख विष्टले जानकारी दिए ।