न्यूज टुडे
राजविराज, २० मंसिर ।
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्ध जेनजी पुस्ताद्वरा आन्दोलन घोषणा गरेका छन् । आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीद्वारा राजविराजमा शनिबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक मोहन यादवले २०८२ मंसिर २१ ग्ते विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने, २०८२ मंसिर २२ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने र २०८२ मंसिर २३ गते जिल्ला स्थित सम्पुर्ण नगरपालिका / गाउँपलिका र वडा कार्यालय तथा जिल्लाका सम्पूर्ण कार्यालय बन्द गर्ने बताए ।
राजविराज स्थित रहेको करदाता सेवा कार्यालयलाई अन्तरिक राजस्व कार्यालयमा वृद्धि गरी स्थापना गर्नुपर्ने बताउँदै उनले यसलाई कतै गाभ्ने वा खारेज गर्ने षड्यन्त्र भए स्वीकार्य नहुने जिकिर गरे । उनले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका सदस्यहरु बरुण मण्डल,जितु यादव,आशिष यादव विजय देव सतेन्द्र यादव, प्रवीण देवलगायतका युवाहरूको उपस्थिति थियो ।
यसअघि सप्तरी उधोग बाणिज्य संघले कार्तिक २२ गते देखि २७ गतेसम्म करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्व हस्ताक्षर संकलन गरी अर्थमन्त्रीलाई बुझाएका थिए । कार्तिक २८ गते गजेन्द्र चौकदेखि मौन जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत संघीय अर्थमन्त्रीलाई हस्तारक्षित तुल पठाउँदै धर्ना समेत दिएका थिए ।
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः राकरदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो ।
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ ।
कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् ।
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गरिने भएको छ ।