• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विआई टी अध्ययनको लागि रोजाइमा मविव क्याम्पस

विआई टी अध्ययनको लागि रोजाइमा मविव क्याम्पस
हरे कृष्ण साह
राजविराज, १९ मंसिर ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा बिआईटी अध्ययनको लागि जम्मा ३६ वटा कोटा रहेकोमा १ सय ७१ जना आवेदक विद्यार्थीले  अध्ययनको लागि प्राथमिकता क्रमको रोजाइमा राखेका छन् ।
बिआईटी ९ ब्याचलर इन इनफरमेसन टेक्नोलजि ० चार वर्षेर ८ सेमेस्टर सुचना प्रविधि विषयमा स्नातक कोर्ष अध्यनका लागि  रोजाइमा परेको हो।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत १५ वटा आंगिक क्याम्पसहरुमा यसको पठन पाठन हुने गरेको छ ।
पाटन संयुक्त क्याम्पस पाटन ढोका र भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरमा अध्ययनको लागि ७२र७२ वटा कोटा रहेको छ । बाँकी क्याम्पसहरु प्रत्येकमा ३६ वटा कोटा रहेको छ ।
त्रि वि, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डिनको कार्यालयले सबै आंगिक क्यम्पसहरुको लागि कूल जम्मा  ६१२ कोटाको लागि गत कार्त्तिक २९ गते प्रवेश परीक्षा लिएको थियो ।
सो परीक्षामा जम्मा २१४७ जना उत्तीर्ण भई भर्नाको लागि प्राथमिकता क्रम राखी आवेदन फारम भरेका थिए ।
मधेस प्रदेशको त्रि वि अन्तर्गतका आंगिक क्याम्सहरु ठाकुरराम क्याम्पस विरगंज, रा रा व क्याम्पस जनकपुर, सूर्य नारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहा र मविव क्याम्पस राजविराजमा यसको पठन पाठनको लागि कोटा राखिएको छ । 
अरु क्याम्पसहरुमा विद्यार्थी भर्ना प्रक्रिया मंसिर ७ गते देखि नै सुरु भइसकेको छ । मविव क्याम्पसमा यसै शैक्षिक सत्र देखि पहिलो चोटी पठन पाठन शुरु गर्न लागिएको हो ।
 प्राथमिकता क्रममा परेका विद्यार्थीको भर्ना प्रक्रिया अब छिटै शुरु हुने क्याम्पस प्रशानले जनाएको छ ।