न्यूज टुडे
कन्चनरुप , १८ मंसिर ।
द्वारिका आचार्य एकता समाजले उधौंली गोठ पूजा सम्पन्न भएको छ । मोरङ जिल्लाको सुन्दर हरैंचा नगरपालिका २ मृगौलिया लोकनाथ आचार्यको गोठमा बिहिवार आयोजित एक कार्यक्रमको वीच गोठ पूजा सम्पन्न भएको हो ।
द्वारिका आचार्य एकता समाजका अध्यक्ष चक्रप्रसाद आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि संरक्षक भुवन आचार्यले गोठ पुजाले द्वारीका आचार्यको पारिवारिक सम्बन्ध लाई मजबुत र एकताबद्ध भएर जाने बिश्वास ब्यक्त गरे । छुटेर रहेका दाजुभाइहरु गोलबन्द गरि अगाडि बढेमा संगठन बलियो भएर जाने उनले बताए । प्रमुख अतिथि आचार्यले द्वारिका आचार्यका सन्तानहरु अब पारिवारिक हितका साथै देशलाई परिवर्तन कसरी गर्न सकिन्छ र समाजलाई रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिइ अगाडि बढनु पर्नेमा जोड दिए ।
गोष्ठादी, महारुद्र, काडब्रह्म,ऐरी , गैंडु , गोसाइ , संसारी ,गोबर्धन र कुकुरको पुजा गरी धुपबत्ती गरेर प्रसाद ग्रहण गरि सकेपछि द्वारिका आचार्यको गोठ पुजा सम्पन्न भएको एकता समाजका पुजारी श्रीप्राद आचार्यले बताए ।
कार्यक्रममा समाजका उपाध्यक्ष दिपेन्द्र आचार्य , ध्रुब आचार्य लगायतका वक्ताहरुले द्वारिका आचार्य एकता समाजको संगठनलाई मजबुत बनाई समाजमा रहेका बिकृति बिसंगतिहरुलाई न्यूनीकरण गर्नका लागी रचनात्मक क्रियाकलापहरु संचालन गरि द्वारिका आचार्य एकता समाजलाई नमूना बनाउनु पर्नेमा जोड दिएका छन् ।