• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनरूपमा हात्तीको आक्रमणबाट ६५ वर्षीय खंगको मृत्यु 

कञ्चनरूपमा हात्तीको आक्रमणबाट ६५ वर्षीय खंगको मृत्यु 
उत्तम आचार्य 
कञ्चनरुप, १८ मंसिर ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ पिपरामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीय नारायण खंगको बिहीबार बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 
आफ्नो घर भन्दा २ कि.मि. पश्चिममा रहेको आफ्नै खेतमा काटिएको धान रुङ्न गएका खंगलाई जंगली हात्तले आक्रमण गरेको थियो  हात्तीको आक्रमणबाट शरिरको विभिन्न भागमा चोटपटक लागेको उनको घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
राति के-कुन समयमा जंगली हात्तीले उनलाई आक्रमण गरेको हो यकिन नभएको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी  माधवप्रसाद काफ्लेले बताए ।
मृतक खंगको शव परिक्षणका लागि राजविराज पठाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको डिएसपी काफ्लेले जानकारी दिए।