• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अध्यक्ष खड्गाद्वारा बृहत पुस्तक प्रदर्शनी मेला उद्घाटन

अध्यक्ष खड्गाद्वारा बृहत पुस्तक प्रदर्शनी मेला उद्घाटन
न्यूज टुडे
राजविराज, १७ मंसिर ।
आमसञचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडगाले सप्तरीको राजविराजमा बुधबार देखि बृहत पुस्तक प्रदर्शनी मेलाको उद्घाटन गरेका छन् । साहित्यक संस्था साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजित  १५ दिवसीय पुस्तक प्रदर्शनी मेलाको अध्यक्ष खड्गाले रिवन काटेर उद्घाटन गरेका हुन् । 
पुस्तक प्रदर्शनी मेला उद्घाटन गर्दै अध्यक्ष जितेन्द्र खडगाले अहिलेको युगमा पुस्तक र पत्रपत्रिका किनेर पढ्ने पाठकहरुको संख्या घट्दै गएको प्रति चिन्ता व्यक्त गरे ।  उनले वैकल्पिक सूचना र प्रविधीको बढ्दो प्रयोगसँगै पुस्तक र पत्रपत्रिका जस्ता परम्परागत माध्यमका पाठक घट्नु समाज र राष्ट्रका लागी पनि चासोको विषय बन्नुपर्नेमा जोड दिए ।
उनले यस्ता प्रदर्शनीले सम्पूर्ण भाषा, साहित्य, कला र संस्कृतीको संरक्षणमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्दै शैक्षिकस्तर सुधार, प्रत्येक भाषा, साहित्य, कला संस्कृतिको संरक्षण र विकासका तथा लेखक, कवि, पत्रकार र श्रस्टाहरुको लगानी रहेको साहित्यिक संस्था साझा प्रकाशनको उत्थानका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पन्ध्र दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य, संस्कृति, कला, इतिहास, धार्मिक ग्रन्थ, शब्दकोषसँग सम्बन्धीत २ हजार ६ सय भन्दा बढी शिर्षकका पुस्तक राखिएका छन् ।
१ हजार ६ सय भन्दा लेखकको कृती राखिएको प्रदर्शनी पुष १ गतेसम्म चल्ने र उक्त अवधीभर विभिन्न विद्याका पुस्तकमा २५ देखी ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको साझा प्रकाशन सप्तरीका प्रमुख मनोज कुमार माझीले जानकारी दिए । 
उक्त अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष वैद्यनाथ झा, पत्रकार महासंघका बृजमान तामाङ, नर्मदेव यादव, रामनारायण यादव, विनयलाल कर्ण,  राजविराज नगरपालिका ७ का वडा सदस्य रमानन्द देव लगायतका पत्रकार तथा साहित्यकारहरुको समेत उपस्थिति थियो ।