न्यूज टुडे
राजविराज, १७ मंसिर ।
एआईको सदुपयोग हुनुपर्ने राजविराजमा बुधबार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । आम संचार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको समन्वयमा आयोजित एआईको प्रयोग सम्बन्धि १ दिने तालिमका सहभागी वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

तालिम उद्घाटन समारोह बोल्दै वक्ताहरुले नयाँ प्रविधिको विकाससंगै यसको उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । एआईको दुरुपयोगले पत्र्कारिता क्षेत्रमा विकृति ल्याएको उल्लेख गर्दै वक्ताहरूले एआईको प्रयोगल्लाई प्रभावकारी बनाउन यसको उपयोगमामा ध्यान दिनुपर्ने आवश्यकता औल्याए । तालिमले पत्रकारहरुको पेशागत दक्षता, मर्यादित पत्रकारितामा सहयोग पुग्ने विश्वास गर्दै उनीहरुले तालिम आयोजना गरेकोमा खुशी व्यक्त गरे ।
आमसंचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित तालिम उद्घाटन समारोहमा प्राधिकरणका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश कुमार झा, शाखा सप्तरीका पूर्व अध्यक्षहरु वैद्यनाथ झा, मुरली प्रसाद यादव, व्यासशंकर उपाध्याय, धिरेन्द्र प्रसाद साह, वरिष्ठ पत्रकार अनिल अनल, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वास लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
आमसंचार प्राधिकरण मधेस प्रदेशकी प्रमुख प्रशासकीय अधिकृत उपसचिव रन्जीता साहद्वारा संचालित कार्यक्रममा स्वागत प्राधिकरणका सदस्य नवीन कुमार गुप्ताले गरेका थिए भने तालिमको उदेश्य बारे प्रशिक्षक जीवन भण्डारीले प्रकाश पारे ।
सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा स्थानीय मिडियामा आवद्ध पत्रकारहरु सहभागी तालिमको सहजीकरण प्रकाश मैनाली र जीवन भण्डारीले गरेका थिए ।