न्यूज टुडे
राजविराज,१५ मंसिर ।
सप्तरी प्रहरीले चोरी मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ३ का अशोमलाल मण्डललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीले खोजतलासको क्रममा मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सप्तरी जिल्ला अदालत राजविराजबाट चोरी मुद्दामा दोषी ठहर गरि २ हजार जरिवाना र १६ दिन कैद सजाय तोकिएपछी मण्डल फरार रहेका थिए ।
पक्राउ परेका मण्डललाई सोमबार नै सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।