न्यूज टुडे
राजविराज, १५ मंसिर।
सप्तरीको कञ्चनरूप नगरपालिका ११ स्थित सिमरामा सोमबार ६५ वर्षीय मोहमद तजमुल मृत फेला परेको छ । सिमरा बजारस्थित बहिनीको घरमा बस्दै आएका तजमुल मृत अवस्थामा भेटिएको हो ।
बहिनी सैरुल खातुनको घरमा बस्दै आएका उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृतक तजमुल मागी खाने र मदिरा सेवन गरी सो ठाउँमा बस्दै आएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
मृतका तजमुलको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटना बारे थप अनुसन्धान अगाडि बढाइएको डिएसपी काफ्लले जानकारी दिए ।।