• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार आचार्यको निधनप्रति महासंघद्वारा गहिरो दुख प्रकट

पत्रकार आचार्यको निधनप्रति महासंघद्वारा गहिरो दुख प्रकट
न्यूज टुडे
राजविराज, १४ मंसिर  । 
नेपाल पत्रकार महासंघले पत्रकार वीरेन्द्र आचार्यको निधनप्रति गहिरो दुख प्रकट गरेको छ । महासंघले आइतबार एक शोक विज्ञप्ति जारी गर्दै पत्रकार आचार्यको निधनप्रति गहिरो दुख व्यक्त गरेको हो । 
पत्रकार आचार्यको ३४ बर्षको अल्पायूमै  दुर्घटनामा परी भएको निधनको दु:खद खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्तिमा महासंघ कालिकोट शाखाका सदस्य  एवम् रेडियो तिला आवाजमा कार्यरत पत्रकार आचार्यको निधनले नेपाली पत्रकारिता क्षेत्रमा एक कुशल, कर्मठ र जूझारु पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको जनाएको छ । 
स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पणको साथ  दिवंगत आत्माको चिर शान्तिको कामनाको गर्दै महासचिव दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गरिएको छ । 
मंसिर १२ गते शुक्रबार सुर्खेतको वीरेन्द्रनगर २ भुरेली चोकमा भएको दुर्घटनामा गम्भीर घाइते पत्रकार आचार्यको कर्णाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोही दिन राति निधन भएको थियो ।