• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

करदाता सेवा कार्यालय सार्ने निर्णय विरुद्धको आन्दोलनलाई निरन्तरता दिने

करदाता सेवा कार्यालय सार्ने निर्णय विरुद्धको आन्दोलनलाई निरन्तरता दिने
न्यूज टुडे
राजविराज, १३ मंसिर ।
करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णय विरुद्धको आन्दोलनलाई निरन्तरता दिने भएको छ। जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा शनिबार बसेको सर्वपक्षीय बैठकले  यसअघि जारी आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । 
राजविराज स्थित रहेको  करदाता सेवा कार्यालय खारेज गर्ने सन्दर्भमा बसेको सर्वपक्षीय बैठकले करदाता कार्यालय यथावत राख्न माग राखी  यसअघि जारी संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको प्रमुख साहले बताए । 
बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नेता सुर्यनाथ यादव,  जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झालगायतका  जनप्रतिनिधि,विभिन्न दलका नेता, निर्माण व्यवसायी, उधोगी व्यावसायी तथा युवाहरूको उपस्थिति थियो । 
यसअघि कार्तिक २२ गते देखि २७ गतेसम्म करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय विरुद्व हस्ताक्षर संकलन गरी अर्थमन्त्रीलाई बुझाएका थिए । कार्तिक २८ गते गजेन्द्र चौकदेखि मौन जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत संघीय अर्थमन्त्रीलाई हस्तारक्षित तुल पठाउँदै धर्ना समेत दिएका थिए । 
माओवादी जनयुद्व कालमा राजविराज स्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालय लहान सरेपछि २०७५ सालमा पुनः राकरदाता सेवा कार्यालय पुनार्थपाना गरिएको थियो । 
राजविराज सेवा कार्यालयमा करदाता संख्या ७२ हजार बढी रहेका छन् । उक्त कार्यालयबाट आव २०८१/०८२ मा १ अर्व राजस्व असुली भएको छ । कार्यालयले आव २०८२/०८३ मा १ अर्व २५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको छ । सरकारले लिएको लक्ष भन्दा बढी यस कर्यालयबाट राजस्व संकलन हुँदै आएको छ । 
कार्यालयमा दरबन्दी ( कार्यलय प्रमुख )अफिसर १ , सुब्बा १ कम्प्युटर अपरेटर २ र ६ जना करारका कर्मचारी कार्यरत छन् । 
नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार देश भरको ३७ करदाता सेवा कार्यालय खारेज गरि आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रबाह गरिने भएको छ ।