न्यूज टुडे
राजविराज, १३ मंसिर ।
सप्तरीको राजविराज ६ स्थित बागेश्वरी मन्दिर प्राङ्गणमा असोज १७, १८ र १९ गते आयोजित अन्तरास्ट्रिय देव महासम्मेलनको आयव्यय सार्वजनिक गरिएको छ । आयोजकले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै महासम्मेलनमा भएको आमदानी खर्च सार्वजनिक गरेको हो ।
बागेश्वरी सेवा समितीको कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा महासम्मेलनमा आमदानी रु १२ लाख ५७ हजार ५ सय ५ रुपैया तथा रु ११ लाख ५० हजार ४ सय ७६ खर्च भएको जानकारी दिइएको छ ।
महासम्मेलनमा अनुमानित खर्चभन्दा बढी आमदानी भएको र रु १ लाख ६ हजार ९ सय २९ रुपैया मौज्दात रहेको महासम्मेलन आयोजक समितिका संयोजक एवम् बागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्र नारायण देवले जानकारी दिए ।
उनका अनुसार स्वजातीय दाताहरुबाट १२ लख २४ हजार ३ सय ५ र सहभागी शुल्क बापत ३३ हजार १ सय रुपैया संकलन भएको छ भने सचिवालय व्यवस्थापन, प्रचारप्रसार, खाना चिया नास्ता, टेन्ट,आवास, यातायात, स्वस्थ्य शिविर, सम्मानपत्र, मञ्च व्यवस्थापन, साँस्कृतिक कार्यक्रम, स्टेसनरी, घोषणापत्र आदिमा ११ लाख ५० हजार ४ सय ७६ रुपैयाँ खर्च छन् ।
अन्तर्राष्ट्रिय सम्मेलनमा उत्साहपूर्वक सहभागीता र सहयोग पाइएको र खर्चभन्दा आमदानी बढी संकलन भएको बताउँदै उनले बाँकी संकलित रकम सामाजिक बिकृती न्यूनीकरण तथा पुस्तक लगायतका डकुमेन्ट्रीमा खर्च गरिने बताए ।
यसैगरी अन्तरास्ट्रिय देव महासम्मेलनका सह संयोजक एवम् भवानी सेवा समितिका सचिब इन्द्र कुमार देवले देव जाति बुद्धिजीवी र शिक्षित जातिमा गणना हुने गरेको बताए । बुद्धिजीवी जातिको रुपमा लिएको देव जातिलाई संगठित बनाउने र थप सशक्त बनाउन महसम्मेलनले सहयोग पुगेको बताए ।
महासम्मेलनमा सल्लाहकार समितिका सदस्य प्रताप नारायण देव, आयोजक समितिकी सदस्य मिरा देव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले कार्यक्रममा भएको आयव्यय विवरण सार्वजनिक गरेर पारदर्शिता गरेकोमा आयोजक समितिलाई धन्यवाद व्यक्त गरे
संयोजक इन्जिनियर देवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बागेश्वरी सेवा समितिका उपाध्यक्ष एवम् महासम्मेलन आयोजक समितिका सदस्य योगेन्द्र प्रसाद देव, सचिब तथा सदस्य कृति नारायण देव, सदस्य ध्रुव कुमार देव लगायतका उपस्थिति थियो ।