• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वाणिज्य इजलासमा आउने मुद्दा प्राविधिक र विशेष किसिमको हुन्छ : मुख्यन्यायाधीश 

वाणिज्य इजलासमा आउने मुद्दा प्राविधिक र विशेष किसिमको हुन्छ : मुख्यन्यायाधीश 
न्यूज टुडे
राजविराज,१२ मंसिर ।  
उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश सुभास पौडेले वाणिज्य इजलासमा आउने मुद्दा प्राविधिक र विशेष किसिमको हुने बताएका छन् ।
राजविराज उच्च अदालत बार एशोसिएसन तथा सप्तरी जिल्ला अदालत बार एशोसिएसन राजविराजले शुक्रबार राजविराजमा आयोजना गरेको वाणिज्य इजलास सम्बन्धि १ दिवसीय अभिमुखिकरण कार्यक्रमकामा बोल्दै उनले यस्तो बताएका हुन् । 
कार्यक्रमका प्रमुख अतिथि मुख्य न्यायाधीश पौडेलले यस अभिमुखिकरणबाट अधिवक्ताहरूमा सारवान र कार्यबिधि कानुनको विषयमा थप जानकारी हुने र वाणिज्य इजलासको सदुपयोग हुने विश्वास व्यक्त गरे ।
६ महिना अघि सप्तरी जिल्लामा आवश्यक ठानेर उच्च अदालत जनकपुर राजविराज वाणिज्य इजलास गठन भएपनि वाणिज्य इजलासमा आउनुपर्ने जति मुद्दा आउन नसकेको उनले बताए । 
कानुन व्यावसायिहरूले यस विषयको क्षेत्राधिकार र ऐनको विषयमा थप जानकारी पाएपछि मुद्दाको संख्या बढ्ने उनको भनाइ छ । 
राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा डा.अवतार  न्यौपानेले सहजिकरण गरे ।
एक दिने अभिमुखिकरणमा करिब एकसय जना कानुन व्यावसायीहरूको सहभागीता रहेको थियोे ।