• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समावेशी समानुपातिक अवसर पाइसकेकालाई दोहोराउनु हुँदैन :  नेता यादव

समावेशी समानुपातिक अवसर पाइसकेकालाई दोहोराउनु हुँदैन :  नेता यादव
न्यूज टुडे
राजविराज, १२ मंसिर । 
नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री उमेश कुमार यादवले समावेशी समानुपातिक अवसर पाइसकेकालाई दोहोराउनु नहुने बताएका छन्  ।  सामाजिक संजालमा शुक्रबार  समानुपातिक निर्वाचन प्रणाली सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो उल्लेख गरेका हुन् । 
‘समानुपातिक / समावेशीको अवसर पाएकाहरुलाई जो सुकै होस् ,त्यसलाई फागुन २१ मा सबै दलले नदोहर्याउने प्रतिबद्धता गर्दै कार्यान्वयन गरोस्’ उनले उल्लेख गरेका छन्,’बरु तिनीहरुलाई प्रत्यक्ष निर्वाचनमा पठाओस। अवसर नपाएका आन्दोलनमा योगदान दिएका,संगठनमा योगदान दिएका  ग्रासरुट स्तरकालाई अवसर दिइयोस् ।’
उनले समानुपातिक निर्वाचन प्रणालीलाई दुरुपयोग नगर्न आग्रह गर्दै यसको सहि उपयोगमा जोड दिएका छन् । 
‘समानुपातिक / समावेशीको लिस्ट हेर्दा ,प्रतिनित्व गर्दा  जनताले ,कार्यकर्ताले न्याय गरेको र यो प्रणाली  समानुपातिक / समावेशी  प्रति सम्मान गर्न शुरु गरोस् ।’ उनले लेखेका छन् ,’ नकि लिस्ट हेर्ने बितिकै पैसा लिएर गरेको ,फलानो फलानोको प्रेमी प्रेमिका रहेको ,नाता कुटुम्ब रहेको  जन चर्चा नहोस् ।’
शिर्ष नेताहरु समानुपातिकमा बसेर देशैभरी सबै निर्वाचन क्षेत्रमा पुग्ने र आ- आफ्नो पार्टीको प्रचारप्रसारमा जाने समय उपलब्ध गराओस  भन्दै उनले शिर्ष नेताहरुको निर्वाचन जसरी पनि जित्ने योजनाले एउटै निर्वाचन क्षेत्रको खर्चले १० वटा क्षेत्रमा पुग्छ भन्ने कुरालाई सबै पार्टीका सबै नेताकार्यकर्ताले बुझ्न् जरुरी रहेको बताए।
उनले पार्टीका शिर्ष  नेतालाई समानुपातिकमा सुचिकृत गराउन पार्टी तथा जनस्तरमा आवाज उठुनुपर्ने बताउँदै पार्टी फेरेर समानुपातिक साँसद बन्ने संस्कृतिलाई रोकनुपर्नेमा जोड दिएका छन् ।  
 ‘शिर्ष नेताहरुलाई समानुपातिकमा जान सबै पार्टीमा दबाब सिर्जना होस् र समानुपातिकको अवसर पाएका जो सुकै होस् ,त्यसले पार्टी बदले पनि ,त्यहीँ पार्टीमा निरंतरता दिएपनि त्यसलाई फेरी पुनः दिने काम बन्द गर्न दबाब सृजना गर्नुपर्ने उनको भनाइ छ । 
‘निर्वाचनमा गरिने तालमेल न्यूनतम अर्को निर्वाचनसम्म कायम रहोस् , तालमेल गर्दा एजेन्डा मिल्नेहरुसंग मात्रै तालमेल हुनुपर्छ, उनले भनेका छन्, “दर्शन ,बिचारधारा एकातिर तालमेल अर्को तिर गर्नु हुदैन’, उनले थप गरेका छन् ,’निर्वाचनमा गरिने प्रतिबद्धता अनुसार काम गरियोस् र सोको बारेमा ६/६ महीनामा रिपोर्ट सार्वजनिक गरियोस् ।’
समान उदेश्य भएका पार्टी वीच तालमेल गर्नुपर्ने तथा त्यसलाई दिगो बनाउनु पर्नेमा उनको जोड छ । 
 ‘सरकारको हेराफेरि र कारोबारी जस्तो बिगतको काम  नहोस्  भदै  पूर्व सिचाइमन्त्री समेत रहेका नेता यादवले संसदीय मुल्य ,मान्यता अनुसार न्यूनतम पहिलो र दोस्रो दल मिलेर सामान्य अवस्थामा सरकार बनाउने काम अब गर्नु नहुने उल्लेख गरेका छन् । 
चुनाव जित्नको लागि मात्र  फरक विचार गरेकासंग चुनावी गठबन्धन गर्नु नहुनेमा जोड दिदै लगनगाँठो एउटासंग ,बिहे अर्कोसंग र हनिमुन तेस्रोसंग मनाउने काम बन्द गर्नुपर्ने उनको भनाइ रहेको छ